शेयर बजारमा झिनो अङ्कको सुधार
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ७१ अङ्कले बढेर एक हजार आठ सय ८८ दशमलव ३२ अङ्क कायम भएको हो।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ७१ अङ्कले बढेर एक हजार आठ सय ८८ दशमलव ३२ अङ्क कायम भएको हो।
भारतीय पेय पदार्थ कम्पनी 'पार्ले एग्रो' ले तीन वर्षपछि नेपाली बजारमा 'फ्रुटी' पुनः प्रस्तुत गरेको छ।
प्युठानका स्थानीय तहहरुले घरेलु उद्यम प्रवद्र्धनमा प्राथमिकता दिन थालेका छन्।
स्वदेशमा रोजगारीको अवसर नहुँदा नेपाली युवाहरू धमाधम विदेश जाने क्रम रोकिएको छैन।
केही वर्ष पहिलेसम्म सुनसरी– मोरङ औद्योगिक करिडोर क्षेत्रमा मजदुृरहरू आन्दोलन गर्थे। सेवा–सुविधा न्यूनतम पारिश्रमिकलगायतका माग राखी बारम्बार मजदुरहरूले आन्दोलन गर्नुपर्थ्यो। उद्योगी–मजदुर समस्याकै कारण यस क्षेत्रका धेरै उद्योगहरू बन्द भए।
यो साता कारोबारको पहिलो दिन नेप्से परिसूचक १८ दशमलव ८० अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ६० अङ्कमा कायम भएको हो।
दक्षिण एसियामा प्रभावकारी खाद्य प्रणाली विषयक सापलिङको क्षेत्रीय सम्मेलन हुने भएको छ।
नेपाल टेलिकम र विद्युत् प्राधिकरणबीच सम्झौता भएको छ। सम्झौता अनुसार नेपाल टेलिकमले विद्युत् प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि १ लाख ५० हजार थान ई–सिमउपलब्ध गराउने भएको छ।
होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८० को अवसरमा ‘होण्डा चुज योर स्किम’ योजना सार्वजनिक गरेको छ।
आइटी प्रविधि तथा डिजिटल प्रणालीका सेवाप्रदायकहरूको बृहत् फुटसल कार्यक्रम यही वैशाख ९ गतेदेखि सुरु हुने भएको छ।
महालक्ष्मी विकास बैंकले निष्कासन गरेको डिवेन्चर तोकिएको समयमै बिक्री भएको जानकारी बैंकले दिएको छ।
सिटिजन्स बैंक १७ वर्षमा प्रवेश गरेको छ। यसै अवसरमा बैंकले सातवटै प्रदेशमा करिब ९ सय ४२ जनाको सहभागितामा प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ।
त्रियुगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा झन्डै महिना दिनदेखि रोकिएको सामाजिक सुरक्षा (सासु) भत्ता वितरण कार्य सुरु भएको छ। हरेक ३–३ महिनामा दिइने भत्ता चैत दोस्रो साताभित्र पाइसक्ने गरेका लाभग्राहीले यसपटक हाकिम नहुँदा वैशाख पहिलो सातासम्म कुर्नुपरेको हो।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छन्। नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले मन्त्री शर्मालाई सिंहदरबारमा ज्ञापनपत्र बुझाउने क्रममा सरकारी विज्ञापनमा भएको चुहावट रोक्ने गरी सरकारले गृहकार्य अघि बढाएको बताएकी हुन्।
नेपालगन्जको जमुनाहदेखि हुम्लाको सिमीकोट हुँदै उत्तरी छिमेकी मित्र राष्ट्र चीनको तिब्बतसम्म जोडिने कर्णाली करिडोरलाई पश्चिम नेपालको एक जीवनरेखाका रूपमा हेरिएको छ ।
एसियाली विकास बैंक (एडीबी)ले सन् २०२२ मा नेपालमा विभिन्न परियोजनाका लागि ५८७ मिलियन अमेरिकी डलर ड्रिसबर्समेन्ट(वितरण) गर्ने लक्ष्य राखेपनि सो अवधिमा २५४ मिलियन अमेरिकी डलर मात्रै वितरण गरेको छ।
प्रभावकारी नियमनको अभाव, टाठाबाठाको ‘सिण्डिकेट’ र गलत क्षेत्रमा लगानी जस्ता कारणले इटहरीका एकपछि अर्को सहकारीमा सदस्यहरूको बचत असुरक्षित बन्दै गएको छ।
अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले शुक्रबार रिजर्भ बैंक अफ अस्ट्रेलियाका गभर्नर फिलिप विलियम लोवीसँग भेटवार्ता गरेका छन्।
गत साता ६७.६८ अंकले बढेर १९३४.४७ बिन्दुमा पुगेको नेप्से यो साता ३०.०७ अंकले गिरावट आएको छ। गत साता १९३४.४७ बिन्दुमा रहेको नेप्से ३०.०७ अंकले घटेर १९०४.४० बिन्दुमा झरेको छ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी १४ करोड रुपैयाँ रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन्।
कमिसनको लोभमा नियमविपरीत स्थानीय तहले पेस्की रकम भुक्तानी गरेको पाइएको छ। योजनाको रकम काम नहुँदै अग्रीम रूपमा कमिसनको लोभमा नियमविपरीत करोड बढी रकम दिएको पाइएको हो।
सार्वजनिक संस्थानमा गरेको लगानीले प्रतिफल दिन नसकेको भनेर आलोचना भइरहेका बेला सरकारले सार्वजनिक संस्थान सुधारका लागि सुझाव दिन एक समिति गठन गरेको छ।
सरकारले निर्माणाधीन काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को म्याद २०८३ चैत मसान्तसम्मको लागि थप गरेको छ।