निर्माणाधीन आयोजनाको म्याद एक वर्ष थप्न माग
निर्माण व्यवसायीले निर्माणाधीन आयोजनाको म्याद एकैपटक एक वर्ष थप गरिदिन सरकारसँग माग गरेका छन्।
निर्माण व्यवसायीले निर्माणाधीन आयोजनाको म्याद एकैपटक एक वर्ष थप गरिदिन सरकारसँग माग गरेका छन्।
सरकारले दौंत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ। योजनाअनुसार नेपालीहरू वैदेशिक रोजगारीका लागि थप ७१ सहित जम्मा १७९ वटा देशमा जान पाउने दाबी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ।
मुलुकलाई दुधमा आत्मनिर्भर बनाउन सरकारले विभिन्न मुलुकबाट उन्नत जातका पशु ल्याउन सुरु गरेको छ।
पोखरा क्षेत्रले साहसिक पर्यटकीय गन्तव्यको रुपमा लामो समयदेखि पहिचान बनाइसकेकोले भविश्यमा पोखरालाई माइस टुरिजमको गन्तव्यको रुपमा चिनाउन पाटा सम्मेलनले सघाउने उद्देश्य राखेको थियो। तर, पोखरा आफैमा पर्यटकीय सहर भएर पनि यसले माइस टुरिजमबाट उत्तिसारो लाभ लिन नपाएको गुनासो यहाँका व्यावसायीले गर्दै आएका छन। त्यसो हुनुमा पूर्वाधार अभाव रहेको भन्ने व्यवसायीले बताउँदै आएका छन्।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल पेमेन्टमा भएको सम्झौताले दुई देशबीचको भुक्तानीमा थप सहज हुने बताएका छन्।
साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ।
शेयर बजारका लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा आर्थिक विधेयक, २०८० बाट कुनै परिवर्तन नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ।
व्यापारिक क्षेत्रको घरभाडा नबढाउन र सम्भव भएमा छुट दिन उद्योग वाणिज्य संघ चितवनले अपिल गरेको छ।
कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटप्रति नेपाल उद्योग परिसंघले मिश्रित प्रतिक्रिया दिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी बढाउन भारतका उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन्।
नेपाल टेलिकमले उपलब्ध गराइरहेको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेजलाई अझै सुविधायुक्त बनाइएको छ।
सिप्रदी कम्पनिजको सामाजिक उत्तरदायित्व संस्था सिप्रदीयन सहायता संस्थाले तेञ्जिङ हिलारी एभरेष्ट म्याराथन–२०२३ का विजेताहरू धाविका मञ्जु रावत र धावक दलबहादुर कुँवरलाई सम्मान स्वरूप नगद पुरस्कार हस्तान्तरण गरेको छ।
चालु आर्थिक वर्षको १० महिनामा साढे ६ लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन्।
दहत्तरबहत्तर नियमित उत्खनन नहुँदा राजस्व संकलनमा समस्या आएको निश्कर्ष निकाल्दै समितिले आगामी दिनमा नियमित रूपमा दहत्तरबहत्तर उत्खननको वातावरण मिलाउन महानगरलाई निर्देशन दिएको छ, जसका लागि समितिले तत्काल टेन्डर आह्वान गर्न भनेको छ।
खोटाङको साकेला गाउँपालिकाले स्थानीय व्यापार व्यवसायलाई अनिवार्य करको दारयामा ल्याउने भएको छ। त्यसका लागि गाउँपालिकाभित्र सञ्चालन भईरहेका र अव सञ्चालन हुने व्यापारिक व्यवसायिक फमहरुलाई स्थानीयतहदेखि र कर कार्यालयसम्म अनिवार्य दर्ता गर्नुपर्ने नियम लागू गरेको छ।
पूर्वअर्थमन्त्री सुरन्द्र पाण्डेले मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा रहेको बताएका छन्।
सहकारी पीडित वचतकर्ता महासंघ संघर्ष समितिले वचत फिर्ताको माग राख्दै काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ।
पूर्वीनाका काँकडभिट्टामा भारु नोट टहीमा समस्या देखिएको छ। भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो।
सन् २००० मा विश्वको प्रजनन दर प्रतिमहिला २.७ थियो र यो जनसंख्यालाई स्थिर राख्न आवश्यक मानिने प्रतिस्थापन दर २.१ भन्दा धेरै माथि थियो। हाल आएर यो दर २.३ छ र यो लगातार गिर्दाे क्रममा छ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएसँगै मिटरब्याजीविरुद्ध थुप्रै उजुरी परेको छ।
पोखरा महानगरपालिकाको दहत्तरबहत्तर (गिट्टी, बालुवा)बाट राजश्व घटेकोमा सार्वजनिक लेखा समितिले चासो व्यक्त गरेको छ। पोखरा महानगरपालिकाको दहत्तरबहत्तरबाट राजश्व हाल तीनचौथाई घटेको छ।
दीगो पर्यटन र डिजिटल बजारीकरणमा जोड दिँदै एशिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) इन्टरनेशनलको ‘वार्षिक सम्मेलन तथा एडभेन्चर मार्ट’ सकिएको छ। सम्मेलनका विज्ञहरुले पर्यटनमा अहिले देखिएका चूनौती, आगामि दिनमा अगाडि लैजाने तरिका, डिजिटल बजारीकरण, सुरक्षा लगायतबारे छलफल गरेका थिए।
प्रदेश र स्थानीय तहका लागि कुल चार खर्ब आठ करोड ७० लाख विनियोजन भएको छ। जसमध्ये चालु शीर्षकमा तीन खर्ब ३६ अर्ब ६७ करोड १० लाख रुपैयाँ र पुँजीगततर्फ ६३ अर्ब ४१ करोड ६० लाख रुपैयाँ विनियोजन भएको छ।