२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

माइडियाको दशैं तिहार २०७९ अफर

नेपालमा माइडिया ब्राण्डका घरायसी सामग्रीका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले आगामी दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।

घरायसी सामग्रीहरूलाई लक्षित गर्दै ‘माइडियाको शुभकामना सरल र सुखी जीवनलाई’ भन्ने नारासहित कम्पनीले सो योजना ल्याएको हो।

अफर अन्तर्गत माइडियाको ६ र ७ केजी वासिङ मेसिनको खरिदमा ६ केजी प्याक सर्फ एक्सेल वा एरियल, ८ केजी भन्दा माथिका वासिङ मेसिनको खरिदमा माइडियाको राईस कुकर, साइड बाइ साइड तथा मल्टी डोर रेफ्रिजिरेटरको खरिदमा माइडियाको इन्डक्सन कुकर लगायतका विभिन्न उपहार, छुट र क्यासब्याक योजना ल्याएको छ।

माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन, वासिङ मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरू, पानीका उपकरणहरू, भुइँ सम्बन्धी हेरचाह लगायतका उत्पादन प्रदान गर्दै आएको छ।

प्रकाशित: ३ आश्विन २०७९ ०३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App