२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

लक्ष्मी क्यापिटल र एभरेष्ट बैंकबीच सम्झौता

लक्ष्मी क्यापिटल लिमिटेडले एभरेष्ट बैंक लिमिटेडको दुई अर्ब रूपैयाँ बराबरको ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र २०८९’ निष्कासन तथा बिक्री प्रबन्ध गर्न सम्झौता गरेको छ।

उक्त सम्झौतामा एभरेष्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका थिए।

बैंकले प्रतिकित्ता एक हजार रूपैयाँका दरले २० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ। जसमध्ये ४० प्रतिशत अर्थात् ८० करोड बराबरको ८ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब २० करोड बराबरको १२ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ।

प्रकाशित: २४ जेष्ठ २०७९ ०८:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App