६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानमा सरकारविरोधी प्रदर्शन जारी, कम्तीमा ७० जनाको मृत्यु

इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ७० जनाको ज्यान गएको छ। देशको बिग्रँदो आर्थिक अवस्था र बढ्दो महँगीविरुद्ध पछिल्ला केही दिनदेखि व्यापक रूपमा प्रदर्शन हुँदै आएका छन्।

इरानबाट आएका विभिन्न प्रतिवेदनअनुसार पछिल्ला तीन दिनमा सुरक्षाबलको कारबाहीमा सयौँ मानिसको मृत्यु भएको वा उनीहरू घाइते भएका छन्। ईरानका तीनवटा अस्पतालका कर्मचारीहरूले घाइतेहरूको संख्या अत्यधिक रहेको बताएका छन्।

बीबीसी फारसी सेवाले शुक्रबार राति रश्त सहरको एक मात्र अस्पतालमा ७० जनाको शव ल्याइएको पुष्टि गरेको छ। अधिकारीहरूले प्रदर्शनकारीहरूलाई चेतावनी दिँदै उनीहरूलाई “खुदाको अपराधी” ठहरिन सकिने बताएका छन्।इरानमा यस्तो अपराधको सजाय मृत्युदण्डसम्म हुन सक्छ।

इरानमा देशको खराब आर्थिक अवस्था र महँगीका कारण सरकारविरुद्ध पछिल्ला केही दिनदेखि प्रदर्शन भइरहेका छन्। यी प्रदर्शनको सुरुआत सन् २०२५ डिसेम्बर २८ बाट भएको हो। एजेन्सी

प्रकाशित: २७ पुस २०८२ ०७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App