१६ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

सूर्यवंशीको विष्फोटक अर्धशतक, ५ ओभर नपुग्दै राजस्थानको ७४ रन

आइपीएल इलिमिनेटर:

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ को निर्णायक इलिमिनेटर खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादविरुद्ध विष्फोटक सुरुवात गरेको छ।

नयाँ चण्डीगढमा भइरहेको यस खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले मात्र ४.५ ओभरमा बिना कुनै क्षति ७४ रन जोडेर हैदरावादका बलरहरूलाई दबाबमा राखेको छ।

राजस्थानका लागि युवा ब्याटर वैभव सूर्यवंशीले मैदानमा रनको वर्षा गरेका छन्। उनले मात्र १८ बलको सामना गर्दै ५९ रन बनाएर अविजित छन्।

३२७.७७ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका सूर्यवंशीले आफ्नो पारीमा ८ वटा सानदार छक्का र २ वटा चौका प्रहार गरिसकेका छन्।

उनलाई अर्का ओपनर यशस्वी जैसवालले ११ बलमा १४ रन बनाएर साथ दिइरहेका छन्। जैसवालले आफ्नो पारीमा २ वटा चौका प्रहार गरेका छन्।

राजस्थानले अहिले १५.३१ को उच्च रन रेटमा रन बनाइरहेको छ। बलिङतर्फ हैदरावादका कप्तान प्याट कमिन्स निकै महँगा साबित भएका छन्।

उनले २ ओभर बलिङ गर्दै ३४ रन खर्चेका छन्। त्यस्तै, एशान मलिङ्गाले १.५ ओभरमा २२ रन र साकिब हुसेनले १ ओभरमा १८ रन दिएका छन्।

हैदरावादका कुनै पनि बलरले अहिलेसम्म विकेट लिन सकेका छैनन्।

आजको खेल हार्ने टोली आइपीएलबाट बाहिरिनेछ भने जित्ने टोलीले फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ।

प्रकाशित: १३ जेष्ठ २०८३ २०:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App