९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

महेश बस्नेतको कटाक्ष : कठै बिचरा कुलमान! न घरको, न घाटको

नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो राजनीतिक घटनाक्रमलाई लक्षित गर्दै काव्यात्मक कटाक्ष गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत काव्यात्मक कटाक्ष गरेका हुन्। उनले रवि लामिछाने, कुलमान घिसिङ र बालेन शाहलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दै तिखो राजनीतिक कटाक्ष गरेका छन्।

‘कठै बिचरा कुलमान!’ शीर्षकको कवितामा बस्नेतले रवि लामिछानेमाथि भरोसा गर्दा कुलमान घिसिङ न मन्त्री रहन सकेको, न त पार्टीको समानुपातिक उम्मेदवार दर्ता गर्ने अवसर पाएको भन्दै कटाक्ष गरे। उनले यस अवस्थालाई ‘न घरको, न घाटको’ भनेर व्याख्या समेत गरेका छन्।

कवितामा उज्यालो पार्टी नेपालको अध्यक्ष बने पनि उज्यालो भविष्य भने अरूको हातमा सुम्पिनुपरेको संकेत गर्दै बस्नेतले अस्थायी मन्त्री पद केही महिनाका लागि प्राप्त भए पनि त्यसको मूल्य राजनीतिक भविष्य नै संकटमा पर्नु भएको तर्क गरे।

बस्नेतले रवि लामिछानेको राजनीतिक घेरालाई ‘माकुराको जालो’सँग तुलना गरेका छन्। उनका अनुसार एमाले र कांग्रेसजस्ता दल ‘चराजस्तै’ भएर जालो च्यातेर उम्किन सक्छन्, तर कुलमान र बालेन ‘पुतलीजस्तै’ भएकाले सजिलै फस्ने अवस्था रहेको व्यङ्ग्य गरिएको छ।

कविताको अन्त्यतिर उनले 'आज कुलमान परे, अब पालो कसको?' भन्दै बालेन शाह पनि त्यही जालोमा पर्ने दिन टाढा नरहेको संकेत गरेका छन्।

यस्तो छ उनको कविता:

कठै बिचरा कुलमान!

रवि लामिछानेको भरोसामा परेर

न मन्त्री रह्यो,

न पार्टीको समानुपातिक उम्मेदवार दर्ता गर्ने मौका रह्यो।

न घरको, न घाटको अवस्था।

‘उज्यालो पार्टी’को अध्यक्ष त बने,

तर उज्यालो भविष्यचाहिँ रविकै हातमा बुझाएर

आफू भने अन्धकारतिर धकेलिन पुगे।

अस्थायी मन्त्रीको पद केही महिनालाई आयो,

तर त्यसको मूल्यमा

राजनीतिक भविष्य नै संकटमा पर्यो।

मैले पहिल्यै भनेको थिएँ—

रविको जालो माकुराको जालोजस्तै हो।

चरा फुत्किन सक्छ,

तर पुतली उम्किन सक्दैन।

बालेन र कुलमान पुतलीजस्तै भए,

एमाले–कांग्रेस चराजस्तै।

आज रविको जालोमा कुलमान परे,

अब पालो कसको?

बालेन पनि

धेरै जालोमा पर्ने दिन

सायद टाढा छैन।

समानुपातिक उम्मेदवार दर्ता गर्ने मौका नै पाइयो।

न घरको, न घाटको अवस्था।

‘उज्यालो पार्टी’को अध्यक्ष त बने,

तर उज्यालो भविष्यचाहिँ रविकै हातमा बुझाएर

आफू भने अन्धकारतिर धकेलिन पुगे।

अस्थायी मन्त्रीको पद केही महिनालाई आयो,

तर त्यसको मूल्यमा

राजनीतिक भविष्य नै संकटमा पर्यो।

मैले पहिल्यै भनेको थिएँ—

रविको जालो माकुराको जालोजस्तै हो।

चरा फुत्किन सक्छ,

पुतली उम्किन सक्दैन।

बालेन र कुलमान पुतलीजस्तै हुन अन्तराष्ट्रीय शक्तिले बुनेको रबिको जालोमा उम्कन नसकिने गरी फसे,

एमाले–कांग्रेस चरा जस्तै हुन त्यस्ता जालो तोडन सक्ने नेपालको ताकत हुन।

रविको जालोमा कुलमान परे,

अब पालो बालेनको हो ।

जालोमा पर्ने दिन अब

धेरै टाढा छैन।

प्रकाशित: २७ पुस २०८२ ०७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App