२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

एनआइसी एसिया बैंकको आईपीओ निष्कासन

एनआइसी एसिया बैंकको म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने फ्लेक्सी क्याप फण्डको प्रति इकाई मूल्य १० अंकित न्यूनतम ८ करोड ५० लाख इकाई आईपीओ निष्कासन तथा बिक्री खुला गर्न लागिएको छ। बैंकले यही जेठ १९ देखि २४ गतेसम्म उक्त इकाइ निष्कासन तथा बिक्री खुल्ला गर्न लागिएको बताएको छ।  

एनआईसी एसिया क्यापिटल योजना व्यवस्थापक रहेको यो एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड सात वर्ष अवधि रहेको चौथोबन्दमुखी योजना हो।

योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमा लगानी गरिने बैंकले जनाएको छ। उक्त योजनाको न्यूनतम १ सय इकाइ र अधिकतम १ करोड इकाइसम्मको लागि खरिद आवेदन दिन सकिन्छ।

खरिदको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालय र सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको ‘मेरो शेयर’ सफ्टवेयर मार्फत आवेदन दिनुपर्ने बैंकले जनाएको छ।

प्रकाशित: २० जेष्ठ २०७९ ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App