८ वैशाख २०८१ शनिबार
अर्थ

साउन १ बाट क्लिन फिड लागू गर्न माग

नेपाल मिडिया सोसाइटीलगायत संस्थाले साउन १ देखि क्लिन फिड लागू गर्न माग गरेका छन्।

सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडालाई आइतबार दिएको ज्ञापनपत्रमा आगामी कातिक ८ देखि क्लिन फिड लागू गर्ने भनिएकामा यसलाई साउन १ देखि नै लागू गर्न माग गरिएको छ।

‘सरकारले आगामी कात्तिक ८ देखि लागूहुने भनिएको क्लिनफिड नीतिलाई नयाँ आर्थिक वर्ष साउन १ देखि लागू गर्नु सबै दृष्टिकोणले उपयुक्तहुने देखिएको छ,’ ज्ञापनपत्रमा भनिएको छ ।  

विगत धेरै वर्षदेखि नेपाली मिडियाले सरकारसँग क्लिन फिड नीति लागू गर्न मागगर्दै आएका थिए। सरकारले २०७३ साउन ७मा नेपालमा वितरण भइरहेका विदेशी टीभी च्यानलमा क्लिन फिड लागू गर्ने नीति पारित गरे पनि कार्यान्वयनमा आएको छैन। अहिले सरकारले विज्ञापन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा ‘क्लिन फिड’ नीतिलागू गर्ने स्पष्ट कानुनी व्यवस्था गरेको थियो।  

विदेशी च्यानलमा क्लिन फिड नीति भनेको नेपालको सीमा भित्र प्रसारण, वितरणहुने विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापन रहित हुनुपर्छभन्ने हो। यस्तै विदेशी च्यानलको नेपालमा वितरण भन्नाले कुनै पनि प्रकारले नेपालमा आउने विदेशी माध्यम (केबल, डिटिएच, इन्टरनेट, समामिजक सञ्जाल, युट्युब लगायत डिजिटल प्लेटफर्म) भन्ने पनि स्पष्टगर्नुपर्छ।  

ज्ञापनपत्रमा ‘स्वदेशी उत्पादन र उद्योगलाई समेत यो नीतिले सहयोग र विस्तारकालागिप्रवर्धन गर्नुका साथै परनिर्भरतलाई समेत कमगर्न सघाउ पु-याउँछ भनेर हामीले बारम्बार पैरवी गर्दै र क्लिन फिड नीति तत्काललागू गर्न माग गर्दै आएका छौं ’उल्लेख छ।

प्रकाशित: २९ असार २०७७ ०५:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App