४ वैशाख २०८१ मंगलबार
अर्थ

मिर्मिरे लघुवित्तको एफपिओको निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ३७ हजार २ सय ६० कित्ता शेयर थप सार्वजनिक निष्काशन (एफपिओ)का लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बनेपास्थित रजिष्टर्ड कार्यालयमा आयोजित एक समारोहबीच एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।  

सो कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद न्यौपानेले धितो पत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको वित्तीय संस्थाले जनाएको छ ।  

 

प्रकाशित: २४ असार २०७७ ०९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App