१३ पुस २०८२ आइतबार
image/svg+xml
अर्थ

एक सय विद्यालयमा ‘उत्थान कार्यक्रम’ : प्रतिविद्यालय २५ लाख अनुदान

सरकारले शिक्षालाई प्रविधिमैत्री र आधुनिक बनाउन एक सय विद्यालयमा ‘उत्थान कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत बिहीबार संसद्‌मा यो जानकारी दिएका हुन्।  

‘प्रत्येक जिल्लामा कम्तीमा एक विद्यालय पर्ने गरी १०० विद्यालयमा शैक्षिक नतिजामा आधारित उत्थान कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने।

यी विद्यालयले अन्य विद्यालयको शैक्षिक नतिजा सुधारमा सहयोग गर्ने व्यवस्था मिलाइने र प्रत्येक विद्यालयलाई २५ लाख रुपैयाँ अनुदान प्रदान गरिने उनले बताए।

प्रकाशित: १५ जेष्ठ २०८२ १६:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App