९ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

विमान दुर्घटनाको नौ महिनापछि लयमा फर्कँदै सौर्य एयरलाइन्स

अनुमति पत्र नविकरणको प्रक्रियामा

सौर्य एयरलाइन्सले झन्डै नौ महिना लामो निलम्बनपछि उड्डयन अनुमति पत्र नविकरण प्रक्रिया सुरु गरेको छ।  

गत वर्षको जुलाई २५ मा विमान दुर्घटना भएपछि अनुमति रद्द गरिएको एयरलाइन्सले पुनः नविकरण प्रक्रिया थालेको हो । एउटा विमान उडान भर्न तयारी अवस्थामा रहेको, अर्को मर्मतको क्रममा रहेको र थप तीन वटा विमान भाडामा ल्याउने प्रक्रियामा रहेको उल्लेख गर्दै कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुमति नविकरणको प्रक्रिया थालेको हो । सोअघि जहाजको सफल परीक्षण उडान गरेको कम्पनीले बताएको छ ।  

एयरलाइन्सले अमेरिकी उड्डयन कम्पनीबाट तीन वटा विभान भाडामा ल्याउने तयारी गरेको हो ।  

जेट विमान प्रयोग गर्दा ठूलो आर्थिक घाटा बेहोरेपछि सौर्य एयरलाइन्सले तुलनात्मक रूपमा कम खर्चिलो विमान भित्र्याउने तयारी गरेको हो ।  

अनुमति पत्र नविकरणका लागि सौर्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगको सम्पूर्ण बक्यौता भुक्तानी गरिएको जनाएको छ । 

प्रकाशित: २१ वैशाख २०८२ १७:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App