४ श्रावण २०८३ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीज्यू आउनुहुन्न भने रक्षामन्त्रीलाई बोलाइदिनुस् : साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले रक्षामन्त्रीलाई प्रतिनिधि सभामा उपस्थित गराउन सभामुखसँग माग गरेका छन्।

उनले सुस्ता क्षेत्रसँग सम्बन्धित सीमा विवादको विषयमा जवाफ दिन प्रतिनिधि सभामा रक्षामन्त्रीको उपस्थिति खोजेका हुन्। ‘यस बेला नेपालका रक्षामन्त्री कहाँ छन्? प्रधानमन्त्रीज्यू आउनुहुन्न भने अब रक्षामन्त्रीलाई बोलाइदिनुस्,’ उनले भने, ‘सभामुख महोदयले रुलिङ गरेर रक्षामन्त्री ल्याइदिनुपर्‍यो। हामी दुई–चार वटा प्रश्न सोध्न चाहन्छौँ।’

साम्पाङले नवलपरासीस्थित सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीहरू नेपाली भूभागमा आएको र स्थानीय नेपालीमाथि दुर्व्यवहार गरेको बताए।

‘सुस्तामा भारतीय सशस्त्र सीमा बल आएर नेपाली दाजुभाइहरूमाथि हप्कीदप्की गरेको र नेपाली दाजुभाइहरू आफ्नो भूमिका लागि लड्दै गरेको भिडियो आएका छन्,’ उनले भने। 

प्रकाशित: २९ जेष्ठ २०८३ १२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App