नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी अर्थ मन्त्रालयबाट बजेट चुहावट भएको आरोप लगाएको छ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपाका सांसद वर्षमान पुनले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेका हुन्।
अर्थमन्त्रीले पुरानो फाइल खोल्ने कुरा गरेको भन्दै उनले आफू अर्थमन्त्री हुँदा देखि नै फाइल खोल्न चुनौती दिए। अर्थमन्त्रीले पुराना काण्डको फाइल खोल्ने धम्की दिएको भन्दै यो आपत्तीजनक रहेको उनको भनाइ छ।
‘पुरानाले गल्ती गरे भन्दै नयाँले पनि गल्ती गर्न पाइन्छ ? फाइल खोल्ने कुरा अर्थमन्त्रीले गर्नुभयो’, उनले भने,‘ सात वटा होस् वा ७३ वटा, यदि प्रक्रिया मिचेर गरिएको हो भने त्यो अपराध हो। खोलौँ मेरै पालादेखि नै खोलौँ’।
प्रकाशित: २९ जेष्ठ २०८३ ११:३७ शुक्रबार




-600x400.jpg)
