५ श्रावण २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

तुलसी घिमिरे निर्देशित ‘पहाड’ भारतमा प्रदर्शन हुने

तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ भारतमा प्रदर्शन हुने भएको छ। नेपालमा वैशाख १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र अब भारतमा पनि प्रदर्शन हुने भएको छ।

नागरिकन्युजसँगको कुराकानीमा निर्देशक घिमिरे भारतमा नेपाली तथा नेपाली भाषीको ठुलो संख्या रहेकाले चलचित्र प्रदर्शन गर्नु उपयुक्त विकल्प भएको बताए। उनले भने, 'भारतमा नेपाली तथा नेपाली भाषीको ठुलो संख्या रहेकाले यहाँ चलचित्र प्रदर्शन गर्नु उपयुक्त विकल्प हो।’

नेपालमा भने पहाडले अपेक्षित व्यापार गर्न सकेन। यसले लगभग ६४ लाख रुपैयाँको व्यापार गर्यो। जसमा घिमिरेले मन्दीका कारण चलचित्रमा असर परेको उल्लेख गरे।

युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु चलचित्रका देखाइएको उनले बताए। 

घिमिरे आइतबार भारत जाने भएका छन्। भारतमा प्रदर्शनको मिति तय हुन अझै बाँकी रहेको छ। ओजस्वी केसी निर्माता रहेको चलचित्रमा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारको अभिनय रहेको छ।

प्रकाशित: २९ जेष्ठ २०८३ १२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App