२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

योजना आयोगका उपाध्यक्षको सपथ

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा उनले सपथ लिएका हुन । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत रहेका डा अधिकारी बिहीबार उपाध्यक्षमा नियुक्त भएका थिए ।

साथै उपाध्यक्ष अधिकारीसमक्ष शुक्रबार आयोगका नवनियुक्त सदस्यहरु डा आरपी विछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डनले पनि पद तथा गोपनीयताको सपथ लिएका छन । शुक्रबारको  सपथमा आयोगका नवनियुक्त सदस्य गङ्गादत्त अवस्थी भने अनुपस्थित रहेका थिए ।

त्यस अवसरमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रधानमन्त्रीका सल्लाहकार मुख्यसचिवलगायतका व्यक्तित्वको उपस्थिति थियो ।  

प्रकाशित: ११ श्रावण २०८१ १८:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App