२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

एकैदिन २४ सय रुपैयाँले घट्यो सुनको मूल्य

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा २४ सयले घटेको छ।

बुधबार प्रतितोला रु एक लाख ४७ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ।

यस्तै, बुधबार प्रतितोला रु एक लाख ४६ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु ५५ ले घटेको छ। बुधबार प्रतितोला रु एक हजार आठ सय पाँचमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार सात सय ५० निर्धारण भएको छ।

प्रकाशित: १० श्रावण २०८१ १२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App