४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चितवनका ३० प्रतिशत उद्योग बन्द

कोभिड महामारीपछि थलिएका चितवनका ३० प्रतिशत उद्योग अझै बन्द रहेका छन्।

चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले कोभिडपछि उद्योग व्यवसाय क्षेत्र चलायमान हुन अझै नसकेको बताए । ‘कोभिड महामारीले थलिएको अर्थतन्त्र चलायमान हुन नपाउँदै विश्वमा फैलिएको आर्थिक मन्दीको लहरको प्रभाव नेपालमा पनि परेको उनले बताए। 

चितवनमा भएको ‘दिगो औद्योगिक विकासका लागि अवसर र चुनौती’ विषयक गोष्ठीमा न्यौपानेले अझै करिब ३० प्रतिशत उद्योग बन्द रहेको बताए। 

उनले सञ्चालनमा रहेका उद्योगहरू पनि ४० देखि ५० प्रतिशत क्षमतामा मात्र सञ्चालन भइरहेको बताए। उनले कुल गार्हस्थ्य उत्पादनमा १६ प्रतिशतसम्म योगदान रहेको उद्योग क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादनमा विगतका केही वर्षदेखि पाँच प्रतिशतको हाराहारीमा मात्र रहेको बताए।

यसले स्वदेशमै उद्योग खोलेका उद्योगीहरू समेत विस्थापित हुने अवस्थामा रहेको उनको भनाइ छ । सहज परिस्थिति हुँदा लिएको कर्जाको ब्याजको भार अहिलेको विषम परिस्थितिमा सामना गर्नु परिरहेको न्यौपानेले बताए।

अनुदानका नाममा कागज उद्योग व्यवसाय देखाएर अनुदान लिने प्रवृत्तिलाई निरुत्साहित गर्न समेत न्यौपानेले अनुरोध गरे। 

कृषि क्षेत्रका उद्योगीले सहुलियतपूर्ण कर्जाको सुविधा प्रयोग गरेको भए तापनि विगत डेढ वर्षदेखि बैंकहरूले ब्याजको रकम फिर्ता नगरेको उनले बताए।  

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष, गोविन्दराज पोखरेलले ‘वर्तमान आर्थिक परिदृश्य र सुस्ताएको अर्थतन्त्रलाई चलायमान गर्न सरकारी तथा निजी क्षेत्रबाट खेल्नुपर्ने भूमिका’को विषयमा आफ्नो भनाइ राखेका थिए। 

सेमिनारमा बागमती प्रदेश, नीति तथा योजना आयोग, उपाध्यक्ष नरविक्रम थापा, नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख गुरूप्रसाद पौडेल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले समेत भर्चुअल माध्यममार्फत आफ्नो प्रस्तुति राखेका थिए।

प्रकाशित: १८ वैशाख २०८१ ०९:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App