१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

सामसङ २०२३ टिभी सिरिज बजारमा

सामसङले आफ्नो क्रिस्टल युएचडी टिभी र क्युएलइडी टिभी सेटहरूको नयाँ लाइन–अप, २०२३ सी–सिरिज टिभी सार्वजनिक गरेको छ ।

नयाँ सिरिजको टिभीहरू यही वर्षको दशैं–तिहारमा कम्पनीले सार्वजनिक गरेको हो । कम्पनीका अनुसार नयाँ लाइन–अपको टिभीहरू ४३ देखि ८५ इन्चसम्मका विभिन्न साइजमा उपलब्ध छन् ।

बजारमा आएका नयाँ क्रिस्टल युएचडी टिभी र क्युएलईडी टिभीमा सामसुङको फ्ल्यागसिप फिचरहरू जडान भएको कम्पनीले जनाएको छ । जसमा सामसङको सिग्नेचर नक्स सेक्युरिटी, बिल्ट–इनएआई भोइस असिस्टेन्ट बिक्स्बी, स्मार्टथिङ्स एपको एक्सेस र स्लिमफिट क्यामको साथ भिडियो कल गर्न मिल्ने सुविधाहरू रहेका छन् । 

साथै ती टिभीहरूमा काल्म अन बोर्डिङ र अटो ब्राइटनेस एडजस्टका लागि आईओटी लाइट सेन्सरहरूको सुविधा पनि रहेको र सि–सिरिजका टिभीहरू वातावरणलाई ध्यानमा राखेर डिजाइन र निर्माण गरिएको कम्पनीले जनाएको छ ।

नयाँ टिभी सेटहरूमा प्रिमियम डिजाइन, स्लिम सोलार पावर्ड रिमोट, स्लिम सोलार पावर्ड रिमोट, सय प्रतिशत करल भोल्युम– प्यान्टोन मान्य रङहरू, बिल्ट–इनएआई भोइस असिस्टेन्ट, स्मुथ अनुपम गेमिङ ध्वनिको साथ इमर्सिभ अनुभवलाई पुनः परिभाषित गर्ने जस्ता विशेषताहरू भएको कम्पनीले जनाएको छ ।

यस्तै सामसुङले आफ्ना प्रयोगकर्ताहरूलाई एक असल कनेक्टेड एक्सपिरियन्सको अनुभव प्रदान गर्ने तथा ३१ डिसेम्बर भित्रमा खरिद गरिएका टिभीहरूमा तीन वर्षको पूर्ण वारेन्टी उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रकाशित: ३० आश्विन २०८० ००:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App