गोर्खा भूतपूर्व सैनिक संघको अध्यक्षमा कृष्णकुमार राई

भूपू ब्रिटिस गोर्खाहरुको संगठन गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को नयाँ नेतृत्वमा कृष्णकुमार राई चयन भएका छन्। सोमबार अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न गेसोको दोस्रो साधारणसभाले कृष्णकुमार राईलाई अध्यक्षमा सर्वसम्मतले नेतृत्व सुम्पेको हो। राईले यसअघि गेसो केन्द्रीय समितिको सचिव र उपसभापतिको जिम्मेवारी सम्हालिसकेका छन्।