भूपू गोर्खा सैनिकका माग बारे नेपाल सरकारको चासो, बेलायतसँग वार्ता गर्ने

बेलायती सेनाबाट निवृत्ति भएका भूतपूर्व गोर्खाको मागबारे बेलायत सरकारसँग नेपाल सरकारले औपाचारिक वार्ता गर्ने भएको छ। समान पेन्सन र अधिकारकालागि तीन दशकदेखि संर्घषरत भूपू गोर्खाको मागबारे बेलायत सरकारसँग औपाचारिक वार्ताको प्रस्ताव गर्दै बेलायतका लागि नवनियुक्त राजदूत दुर्गाबहादुर सुवेदीको संयोजकत्वमा वार्ता समिति गठन भएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ।