लेगोस—अफ्रिकी महादेशमा पहिलो पटक आयोजना गरिएको नेपाली सांस्कृतिक कार्यक्रममा कोमल वलीले लोकगीत र राष्ट्रिय गीत गाउँदै नेपालीहरुलाई नचाएकी छिन्। करिव ६ घण्टा चलेको कार्यक्रमममा उनले आफ्नो र अन्य कलाकारले गीत गाउँदै पुरै नेपालीलाई मनोनरञ्जन गराइएकी थिइन्।
गैर आवासीय नेपाली संघ(एनआरएनए)नाइजेरियाद्वारा नयाँ वर्ष २०७३ को अवसरमा आयोजना गरेको कार्यक्रममा उनको चलेका गीतहरु 'पोइला जान पाम, मलमल किरी जुनकुरी, झ्वाँक तन्नेरी' र राष्ट्रिय गीतहरुमा 'पश्चिममा राम्रो डाँफे चरी पूर्वमा लालीगुराँस' सहितका गीतहरु गाएकी थिइन्। ओलीका अतिरिक्त कार्यक्रममा स्थानीय नाइजेरियन कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए। स्थानीय नेपालीहरु अन्जु पौड्याल, संजीव छेत्री, दिपक कर्ण, चिरन्जिबी रोका, बिबेक पुडासैनी र बालकलाकार सुहिम थापाले समेत आफ्ना गीत संगीत प्रस्तुत गरेका थिए।कार्यक्रमको आरम्भ गर्दै एनआरएनएका कोषाध्यक्ष हिक्मत थापाले अफ्रिकामा स्थापित नेपाली कलाकारको उपस्थितिमा भएको यो कार्क्रमम आफैँमा एतिहासिक रहेको र यसले यस महादेशमा नेपाली संगीत,कला र भाषाको प्रबद्धन प्रारम्भ गरेको बताए।
कोषाध्यक्ष थापाले अफ्रिकामा महादेशमा जनस्तरबाट पहिलो पटक नेपाली कालाकारले सार्वजनिक कार्यक्रम गरेको दावी गरे। 'कुनै सरकारीस्तर गरेको भए जानकारी छैन तर जनस्तरबाट पहिलो पटक यस प्रकरको कार्यक्रम आयोजना गरिएको हो', उनले भने।
प्रकाशित: १५ चैत्र २०७२ ०७:१० सोमबार





