१ चैत्र २०८२ आइतबार
image/svg+xml
अपराध

३० लाख मागेको अभियोगमा एक जना पक्राउ

प्रहरीले द ब्रिटिश कलेजमा आन्दोलनको नाममा रु ३० लाख रकम मागेको अभियोगमा आज एक जनालाई पक्राउ गरेको छ।

काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–४ घर भई हाल काठमाडौ‌ं जोरपाटी बस्ने २८ वर्षीय विवेक ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

उनले भने, 'ढकाललाई मुलुकी अपराधसंहिता, २०७४ को दफा २५३ बमोजिम आपराधिक लाभ समृद्धि कसुरमा आज काठमाडौँबाट पक्राउ गरिएको हो।'

उनका अनुसार निजमाथि कलेजको व्यवस्थापनसँग रु ३० लाख माग गरेको र नदिए कलेज बन्द गराइदिने धम्की दिएको आरोप लागेको छ।

प्रकाशित: २६ पुस २०८२ २१:२२ शनिबार