कसैलाई दरबार बनाउनु छ, कसैलाई घरबार बनाउनु छ!
कसैलाई दरबार बनाउनु छ,कसैलाई घरबार बनाउनु छ। मलाई भने यसबेला समाज सम्याएर बराबर बनाउनु छ।

कसैलाई दरबार बनाउनु छ,कसैलाई घरबार बनाउनु छ। मलाई भने यसबेला समाज सम्याएर बराबर बनाउनु छ।
स्वाभिमानको बगैंचामा जिउँदै थिइ भनी दिनू,परिश्रमको आफ्नै पौरख पिउँदै थिइ भनिदिनू। पटकपटक टालेको मन उध्रियो रे फेरि पनि, विचारको सियो धागोले सिउँदै थिइ भनिदिनू।
जानीजानी किन झूटा भ्रम छर्छ मान्छे, बाँचुन्जेल मरिहाल्ने हर्कत गर्छ मान्छे। सिंत्तै पाए अलकत्र खाऊ जस्तो गर्दै, मान्छेको औकातबाट किन झर्छ मान्छे?
यो त दोलखा चरिकोटकोमात्र हैन मुलुकका ७७ जिल्ला र ७५३ वटा गाउँपालिकाको साझा समस्या हो। देशमा तीन तहको सरकार बन्दा पनि दूरदराजमा बालबालिकाहरु नचुहिने छत र आधारभूत कुराबाट बन्चित छन्।
सन् २०१३ को गणनामा बाघको संख्या १ सय ९८ थियो। त्यो बेला चितवनमा मात्रै १ सय २० बाघ थिए। सन् २००९ मा भने बाघको संख्या १ सय २१ थियो।
व्यवस्थापन पनि विकास हो भन्ने बुझाइ नै विकास भएको छैन। सडक दुर्घटनाका कारणले दैनिक मान्छे मरिरहेका छन् तर कसैले यसतर्फ कसैको ध्यान भएको छैन। सकडको असुरक्षाले गर्दा बढिरहेको बेथिति घटाउन सडक सुरक्षा अवलम्बन गर्नु पनि विकास हो।
अमेरिकाको बफेलोबाट उत्पत्ति भएको हो, बफेलो विङ्स। सो विङ्स १९६४ मा न्युयोर्कस्थित बफेलोमा रहेको एन्कोर बारमा उत्पत्ति भएको मानिन्छ। यसको निर्माताका रूपमा टेरेसा बेलिसिमोको नाम अघि आउँछ।
महेश्वर आचार्यभृकुटीमण्डपमा जेठ अन्तिम साता पुस्तक मेला चलिरहेको थियो । पुस्तकप्रेमीहरू आ–आफ्नै धुनमा पुस्तक खोजिरहेका थिए । तीमध्ये एक युवा थिए, शंकर उपाध्याय । उनको पुस्तक सूचीमा पहिलो नम्बरमा थियो– खप्तड स्वामीको ‘विचार विज्ञान’ ।
झन्डै पचास वर्षअघि वीर अस्पताल हातामा बिरामी बहिरालाई उपचार गर्न सजिलो होस् भनेर सांकेतिक भाषा सिकाउन थालियो। सांकेतिक भाषामार्फत सिकाइको सुरुवात बिन्दु थियो, त्यो प्रयाश। त्यो बेला सांकेतिक भाषाको आधार पनि थिएन न त अभ्यास नै । समय क्रममा बहिरा विद्यालय खुले। शब्दकोश पनि बने। औपचारिक अध्यापनको थालिएको पचास वर्षमा सांकेतिक भाषा ‘स्मार्ट’ बन्ने मार्गतर्फ लम्केको छ।
बिहेको धेरै वर्षसम्म पनि रत्नदेवी ढुंगानाको पहिरन एकैखाले थियो– सारी र फरिया।काठमाडौं, जोरपाटीनिवासी यी ७५ वर्षीयाले पाँच वर्षयता भने आफ्नो पहिरनशैली केही विस्तार गरेकी छन्। हिजोआज उनी प्रायः कुर्तासुरुवालमा भेटिन्छिन्।धेरै वर्ष सारी र फरियामा सीमित रहेको
काठमाडौं- गत वर्ष सुरुमै शक्तिशाली भूकम्पबाट सात लाखभन्दा धेरै निजी घरमा क्षति पुग्यो। झन्डै नौ हजारको मृत्यु भयो। २२ हजारभन्दा धेरै घाइते भए। अझै पनि अनुकम्प गइरहेका छन्। पश्चिम नेपालमा ठूलो भूकम्प जान सक्ने वैज्ञानिक बताइरहेछन्।नेपालजस्तै अमेरिकाको क्या
काठमाडौं- देशमा लोकतन्त्र आएको एक दशक भयो। बर्सेनिजसो सरकार फेरिन्छन्। नयाँ सरकारसँगै नयाँ नयाँ आश्वासन आउँछन्। नयाँ सरकारले नयाँ कार्यक्रम सार्वजनिक गर्छ। जनतालाई आशा र सपना देखाइन्छ। तर, सरकार र सरकारी निकायको काम गर्ने शैली भने महसुस हुने गरी परिवर्तन
'रहरै–रहरमा पिएँ, विवश भएर पिएँसुखमा पिएँ, दुःखमा पिएँपिउँदिनँ, पिउँदिनँ भन्दै पिएँ...मन्दिरमा बसेर पिएँ, मसानमा लडेर पिएँनाचेर पिएँ, हाँसेर पिएँएकान्तमा कहिलेकाहीँ रुँदै पिएँ...'नारायणगोपालले गाएको यो गीतजस्तै दुःख होस् वा सुख। एक्लोपन होस् वा मन मिल्नेस
'म जोन डो हो। डाटामा इच्छुक हुनुहुन्छ?' जर्मनीको 'जुद्–ड्इच चाइटुंग' पत्रिकाका पत्रकार बास्टियन ओबेरमेयरलाई एक अज्ञात व्यक्तिले सम्पर्क गरे।'हामी इच्छुक छौं,' उनले भने।'मेरा केही सर्त छन्। मेरो ज्यान खतरामा छ। हामीले इनक्रिप्टेड फाइलमा मात्र कुरा गर्नेछौं
काठमाडौं– सिन्धुपाल्चोक, सुनखानीस्थित कोल्दौङदेवी माध्यमिक विद्यालयकी छात्रा पाल्साङ तामाङ चैत १८ देखि सुरु हुन लागेको एसएलसी परीक्षाको तयारीमा छन्। एसएलसीमा यही वर्षदेखि लागू हुने अक्षर ग्रेडिङ प्रणाली भनेको कस्तो हो? उनलाई थाहा छैन।'शिक्षकले बुझाउने प्र
