१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
रत्न प्रजापति


रत्न प्रजापतिका लेखहरु :

‘ग्रिन टावेल’ भित्रको वर्तमान समाज

समाजमा देखिएका, सुनिएका र भोगिएका यथार्थलाई कथामा अभिव्यक्त गर्ने हो। यस्ता कथाले नै पाठकको हृदयलाई स्पर्श गर्छ। पाठक स्वयंले पनि अनुभूत गर्न सक्ने कथा छन् ‘ग्रिन टावेल’भित्र। सामाजिक यथार्थलाई टपक्क टिपेर प्रस्तुत गरिएका यस संग्रहका १५ वटा कथा पढ्दा समाजको ऐना हेरेजस्तो लाग्छ।

भ्रष्टाचार सहनु पनि अपराध

नेतालाई कर्मचारी र कर्मचारीलाई नेताको साथ र सहयोगले नेपालमा भ्रष्टाचारले संस्थागत रूप लिएको हो जसलाई नियन्त्रण गर्न अब अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि अक्षम भइसकेको छ।

तुइनमा झुन्डिएको जिन्दगी

दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका केपी शर्मा ओली अहिले पनि बहुमतको सरकारका प्रधानमन्त्री छन् तर तुइन विस्थापनको विषय भने सेलाएको छ।

कति रुने किसानले ?

हुँदाहुँदा अलिअलि भएको उत्पादन बेच्न नपाएर पनि रुनुपर्ने र बेचेको उत्पादनको भुक्तानी नपाएर पनि रुनुपर्ने । कति रुनुपर्ने हो कृषिप्रधान देशका किसानले सरकार ?

कता, के गर्दैछन् एनजिओ ?

संकटमा साथ नदिने र सहयोग नगर्ने एनजिओ हुनु र नहुनुमा के फरक प-यो र भन्ने प्रश्न यतिखेर नागरिकको मनमा उठिरहेको छ।

परामर्श होइन भोकको उपचार

भोकको पीडा असह्य हुन्छ । खुलामञ्चमा निःशुल्क खाना खानेहरूको लाइनले भोकाहरूको संख्या बढेको संकेत गर्छ ।

प्राधिकरणमा कुलमानको विकल्प छ ?

महामारीको बेलामा पनि भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकारले कुलमान जस्तै स्वच्छ, इमानदार र सक्षम व्यक्तिलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्छ भन्ने विश्वास नेपाली जनतालाई फिटिक्कै छैन।

संकटमा कृषि–संस्कृति

रोजगारीका लागि बिदेसिएका युवा विदेशमा सिकेको कृषिसम्बन्धी ज्ञान र अनुभवलाई उपयोग गर्दै स्वदेशमै कृषिकर्म गर्न चाहिरहेका छन् । तर, जमिन र आवश्यक आर्थिक तथा प्राविधिक सहयोगको अभावमा उनीहरूको इच्छा र योजना पूरा हुन सकिरहेको छैन ।

संयम, आत्मानुशासन र सावधानी

पशुपतिको साँढेझैँ ज्ञानी भएर एकै ठाउँ बसिरहनुपर्ने अवस्थामा पशुपतिका चकचके बाँदरझैँ लखरलखर हिँडिरहेका छौँ, डुलिरहेका छौँ।

खोकनावासी किन उठे ?

राष्ट्रिय गौरवको भनिएको यो द्रूतमार्ग आयोजनाप्रति खोकनावासीमा अपनत्वको भावना किन जाग्न सकेन ? मूल प्रश्न यही हो। खोकनावासीले आर्थिक लाभलाई भन्दा आफ्नो पहिचान, आफ्नो संस्कृति र सम्पदालाई बढी महत्व दिएका छन्।

सफलताको श्रेय लिने हतारो

भारतलगायत विदेशबाट नेपाली आउने क्रम घटेसँगै संक्रमितको संख्या पनि घटेको देखिएको छ। तर संक्रमणको जोखिम र खतरा भने घटेको होइन।

अभिशप्त सदाहरू र निर्लज्ज सरकार

सरकार हरेक संवेदनशील विषयलाई उपेक्षा गर्दैछ। त्यसैले कोरोनाले भन्दा सरकारको उपेक्षाले जनताको ज्यान लिँदैछ।

कसो मारेन त्यो बाडुलीले

धेरैले बाडुलीको चर्चा गर्छन्, आफ्नाले सम्झिए बाडुली लाग्ने बताउँछन्, तर एकपटक मलाई बाडुलीले धन्नै मारेन ।

विरोध छाडी विकल्प खोज्ने बेला

परिस्थितिजन्य बाध्यतालाई मनन गरेर विकल्पको खोजी गर्नुपर्नेमा सरकारप्रति आक्रोश पोख्न र घुर्की देखाउनकै लागि मात्र आफ्नो मेहनतको फल खेर फाल्नु बुद्धिमानी पक्कै होइन ।

नेवार कन्याको गुफा यात्रा

साँखुकी ११ वर्षीया फेरिसा महर्जन गत मंसिर ५ मा बाःरा बसिन् र ७ गते निस्किन्। कक्षा ६ मा पढ्ने जिम महर्जन र सबिना महर्जनकी एक्ली छोरी उनी स्वयम्भुस्थित गुठीको एउटा घरमा ३२ अन्य कन्यासँग बाःराः बसेकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्