‘छोरी छोरी नै हो, छोराजस्तो होइन’
‘छोरी अलि बोल्ड र राम्रो भयो भने फ्याट्ट कस्तो छोराजस्तो छोरी भनेर भन्छौँ तर त्यो लैंगिकहिंसा हो। किनभने यो शब्दले नै छोरा बलिया र राम्रो र छोरीलाई कमजोर भन्ने बुझाउँछ।’
‘छोरी अलि बोल्ड र राम्रो भयो भने फ्याट्ट कस्तो छोराजस्तो छोरी भनेर भन्छौँ तर त्यो लैंगिकहिंसा हो। किनभने यो शब्दले नै छोरा बलिया र राम्रो र छोरीलाई कमजोर भन्ने बुझाउँछ।’
नेपाली आधुनिक कलाको शुभारम्भ सन् १९६० देखि भएको मान्नुपर्छ। यसलाई मान्नुपर्ने आधार भनेको यसवेला देखापरेका परम्पराभन्दा फरक ढंगका नेपाली कलाका शैली र प्रवृत्ति नै हुन्। यस वेला आधुनिक शैली र प्रवृत्तिका कलामार्फत कलाकार देखापरिसकेका थिए। आधुनिक कलाका शैली, प्रवृत्ति वा प्रक्रियाका आधार पश्चिमी कला नै थिए। विशेषगरी सबैजसो कलाकार नेपालबाहिर गई कलाको अध्ययन गरेको हुँदा उनीहरूले पश्चिमी कलाको दर्शन र शैलीबारे यथेष्ट ज्ञान र सीप हासिल गरेका छन्।
मृत्युु या मुक्ति मात्र विकल्प रहेको दीर्घकालीन जनयुद्धको यात्रामा लाखौँ नेपाली उत्पीडित जनता कसरी लामबद्ध हुन सके ? कसरी जनयुुद्धमा पूर्णरूपमा समर्पित भई बलिदानीपूूर्ण संघर्ष गर्न नेपाली समाजका युवा पंक्तिलाई शीर्षस्थ नेतृत्वले प्रेरित गरे ? यी कुरा सोच्दा लाग्छ. यसको नेतृत्व पंक्ति उच्च आदर्श र नैतिकताले भरिएका होलान् !
उफ्, यो माया भन्ने जिनिसमा पनि कति समस्या आउने। किन होला ? आफूले मन पराएकोसँग खुरुक्क विवाह नहुने। उता आभासलाई आनन्द छ। यता मलाई किन यति गाह्रो ? छोरी मान्छेको समयमै विवाह भएन भने गाह्रो हुन्छ रे। त्यसैले होला, बाबाआमाले मेरो विवाहका लागि धेरै नै जोड दिनुभएको। मनभित्र द्वन्द्व चर्किरहेको थियो। एक मनले त आभाससँगको सम्बन्धबारे आमाबाबालाई भन्दिउँजस्तो लागिरहेको थियो, म ऊबिना आफ्नो भविष्यको कल्पना पनि गर्न सक्दिनँ भनेर ।
आफ्नो पराई नचिनाउने रैछ पैसा, सबैमा हेला, प्यारो बनाउने पनि पैसा! जन्मदा , मर्दा, हिँड्दा, बस्दा छोडेर अब त दिसापिसाब गर्न पनि पैसा। कस्तो जादुगरी हो यो पैसाको संसारमा, जे गरे पनि कमाउनुपर्ने नै हो रे पैसा पैसा नभए हुँदैन कहीँ आराम अनि ऐस। कस्तो जादु हो यो पैसाको।
एक दिन उपासिताले राजगृहमा भिक्षा माग्दै गरेका एक चम्किला भिक्षुलाई देखे। भिक्षुको शान्त, उज्ज्वल व्यक्तित्वले उपासिता अत्यन्त प्रभावित भए। अश्वजित नाम गरेका ती भिक्षु बुद्धका प्रथम पाँच शिष्य मध्येका एक थिए। अश्वजितले भिक्षाटनपश्चात् मागेको खाना खाँदै गरेका वेला उपासिताले उनलाई आफूसँगै ल्याएको पानी पेस गरे। भोजनपछि उपासिताले अश्वजितलाई सोधे, ‘तपाईं शान्त र आनन्दित देखिनुहुन्छ। तपाईंको गुरु को हुनुहुन्छ ? उहाँको के शिक्षण छ ?’
साँच्चै गजबको छ मेरो साथी केनिथको बगैंचा! साँच्चै सबैथोक छ उसको त्यो बगैंचामा तर त्यो बगैंचा आनन्द लिंदै हेर्ने केनिथसँग समय छैन। धेरै तलब दिने जागीर भएकाले केनिथले अर्को शहरहरूमा पनि बराबर गइरहनुपर्छ। हप्ता दुई हाप्तामा एक दिन मात्र केनिथ यो घरमा बस्न पाउँछ र त्यो बगैंचाको आनन्द लिन सक्छ।
पछिल्लो तथ्यांक अनुसार देशमा प्रत्येक वर्ष धान रोप्ने खेत घटिरहेको छ। वैदेशिक रोजगार अनि देशमै पनि पेसा, व्यवसायका लागि सहर पस्नुपर्ने बाध्यताका कारण धेरै ठाउँका बारी र टारी बाँझिएका छन्। पाखो जग्गाको संरक्षण नहुँदा वर्षैपिच्छे माटो बगाएर लैजान्छ।
मलाई पनि भन्दै आउँछ कापीकलम देऊ, क ख पढ्छु ,लेख्छु म नि भन्दै मेरो छेउ। मायालाग्दो मुहार उसको सबको हाईहाई, माया गर्छ मलाई पनि मेरो सानो भाइ। तोतेतोते बोल्छ ऊ माया सम्मान सबैलाई, नानी जस्तो आँखाको यो मेरो सानो भाइ।
म अस्तिसम्म त्यस्तो बलवान थिएँ आज मेरो किन र कसरी यस्तो दुर्गति भयो ? आखिर दुनियाँमा सबैभन्दा बलवान् को रहेछ भन्ने उनलाई ज्ञान प्राप्त भयो। देवता, असुर, मनुष्य वास्तवमा कोही बलवान् हुँदो रहेनछ । सबैको एक दिन मेरोजस्तै दुर्गति हुँदो रहेछ । बरु हुँदो रहेछ त समय पो बलवान् । हिजो समय मेरो अनुकूल थियो । म बलवान् थिएँ । मैले जसलाई श्राप दिए पनि जे गरे पनि कोही चुइँक्क बोल्दैनथ्यो । आज समय मेरो प्रतिकूल रहेछ । त्यसैले जावो अम्बरीषलाई तह लगाउन खोज्दा मेरो यस्तो दुर्गति भयो।
‘हामी अत्यन्त दुःखी छौं, बच्चाको मृत्यु पाँच दिनअघि नै भइसकेको रहेछ, आमालाई बचाउने प्रयत्नमा छौं।’ अर्को दिन डाक्टरले भनेको सुन्दा देवी र उनकी जहान हिमशिखरबाट पातालमा पछारिए। तेस्रो दिन बुहारीका लागि चिता बन्दै थियो । मलामीतर्फ फर्केर गम्भीर हुँदै देवी बोले, ‘कति शक्तिशाली रहेछ हँ यो पैसा ? यसले त आफन्त, चिनजान, पेसागत दायित्व सबैका आँखामा पट्टी लगाउँदो रहेछ है !’
उनीहरू मन्दिर पुगे। मन्दिरको प्रवेशद्वारदेखि नै लामबद्ध बसेका माग्नेहरू सबैलाई रिताले एकएक मुठी चामल दिँदै गइन। छोरालाई पनि माग्नेलाई चामल देऊ बाबु भनिन्। ‘नाइँ म त दिन्न यो चामल । पैसा दिने भए मात्रै दिन्छु।’ छोराले भन्यो। पूजा गरे सकेर घर फर्कदै गर्दा छोराले बालसुलभ जिज्ञासा राख्यो “मामु ती माग्नेहरू हामीजस्ता मान्छे होइनन् ?”
हिन्दु नारीहरुको महान् पर्व तीज आउन अझै केही समय बाँकी हुँदा नै बजारमा तीजका भाकाहरु घन्किन थालेका छन्। गायिका टीका सानु र तीर्थ खत्रीको नयाँ तीज गीत ‘अहिले पनि तीज भयो क्याहो ठिस’ बोलको गीत सार्वजनिक भएको छ।
साहुनीको व्यवहार उसलाई निको लागेन। यसरी थुनिएर बस्नुपर्दा उसलाई रातभर निद्रा परेन। किताब पढेरै समय बिताई। एउटा किताबमा आफूजस्तै सानी केटीलाई दिनभर काममा लगाएको र पढ्न नपाएको कथा पनि रहेछ। उसलाई त्यो आफ्नै कथाजस्तो लाग्यो। कथाको अन्त्यमा केटीले विद्यालय जान पाएको कुरा थियो । यसले चैतीको मन फुरुङ्ङ भयो । साँच्चै उसले आफूलाई चङ्गा सम्झी र उडाउने धागो पाएको अनुभूति गरी ।
समाजशास्त्रका अध्येता तथा शिक्षा क्षेत्रमा कार्यरत वाग्लेको उपन्यासमा मानव जीवनका अनेक आयामलाई फरक शैलीमा केलाइएको छ। पुस्तकले साहित्य र शिक्षाका साथसाथै आममानिसलाई आशा र सफलतातिर उन्मुख गराउन मोटिभेसन पनि गराउने छ ।
सूर्योदयभन्दा अगावै पुज्नु छ मैले मेरा देवता। स्नान गर्छन् सबै प्रायः पूजाअघि म गर्दछु स्नान सधैँ पूजापछि फलफूल, धुपदीप, प्रसाद चढ़्दैनन् पूजामा मेरा । न पहिरिन्छु सुकिला सफा वस्त्र न लिँदछु कनै व्रत–उपवास परिष्कृत भक्त हुँ म परिष्कार हुन् मेरा देवता।
यो युगभन्दा भिन्न यो आधुनिकताभन्दा भिन्न गिट्टी कुटिरहेकी बालिका गिट्टी थोरै र गिट्टीभन्दा धेरै आफ्नो लेख्दै नलेखिएको जन्मकुण्डली कुटिरहेकी हुन्छे उज्यालोसम्म पुग्ने सम्भावनाका धमिला धर्काहरू मेटिरहेकी हुन्छे ।
त्यत्तिकैमा स्कुले झोला बोकेर उनीहरूको ६ बर्से छोरा विवेक टुप्लुक्क आइपुग्यो। उसले आमासित लाडिँदै भन्यो, ‘आज हितेशकी बहिनी स्नेहाको बर्थ डे। मलाई पनि हितेषको जस्तै बहिनी चाहिन्छ क्या ।’
२०७७ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि एमबी थुलुङलाई प्रदान गर्ने निर्णय गरिएको छ। वाम्बुले राई भाषाको ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकामा वर्षभरी प्रकाशन भएका रचनामध्येबाट थुलुङको गीत ‘लिब्जु–भुम्जु पुरस्कार’का लागि उत्कृष्ट ठहरिएको हो।
गर्दा के हुँदैन ? मन, वचन र कर्मले, भ्रम जति मस्तिष्कको अब भुट्नुपर्छ। भरौ सिर्जनाका रङहरू देशको मुहार फेर्नु, मेनपावरमा लाग्ने लाम अब छुट्नुपर्छ। एक जुगमा एकदिन एकचोटि ल्याउनुलाई पसिनाको मूल यो माटोमा अब फुट्नुपर्छ।
थालियो कर्मको बत्ती बालियो। बिपना बैंसको फूल सपना। सिंदुर अदेख शोभा सुदूर। जूनको शीतल छाया उनको। हजुर सबैको बनौं गजुर।
‘वैदेशिक रोजगारीको यो भेलमा रेमिट्यान्सका खेलौना मात्र हैन पीडाका शवहरू पनि भित्रिरहेको छ,’ रविन्द्र केसी भन्छन्, ‘बाकसमा खेलौनाको आशा गरेको बालकले बाबाको शव देख्नुपर्ने अवस्था निकै पीडादायक रहन्छ ।’