८ आश्विन २०८२ बुधबार
image/svg+xml १८:३९ अपराह्न
कला/साहित्य

अश्लील सामग्री प्रसारणको आरोपमा २५ एपमाथि प्रतिबन्ध, एकताले दिइन् यस्तो स्पष्टीकरण

भारतमा एएलटीटी र उल्लुसहित २५ वटा ओटीटी एपमाथि अश्लील सामग्री प्रसारण गरेको आरोपमा प्रतिबन्ध लागेपछि एकता कपुरले आफू र उनकी आमा शोभा कपुरको एएलटीटीसँग कुनै सम्बन्ध नरहेको बताएकी छन्।  

भारतको सूचना तथा प्रसारण मन्त्रालयले प्रतिबन्ध लगाएपछि जारी एक विज्ञप्तिमा उनले लेखेकी छन्, ‘बीएसई र एनएसईमा सूचीबद्ध व्यावसायिक रूपमा सञ्चालित मिडिया कम्पनी बालाजी टेलिफिल्म्स लिमिटेडले एएलटी डिजिटल मिडिया इन्टरटेनमेन्ट लिमिटेड (जुन पहिले पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी थियो) सँग हालैको मर्जरपछि जुन २०, २०२५ देखि एएलटीटी सञ्चालन गरिरहेको छ। मिडियामा सरकारले एएलटीटी बन्द गरेको समाचार आएका छन्, तर यी समाचारको विपरीत एकता कपूर र शोभा कपूरको अब एएलटीटीसँग कुनै सम्बन्ध छैन।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उनीहरूले जुन २०२१ मा एएलटीटीसँग सम्बन्ध तोडिसकेका छन्। यदि कसैले यसको विपरीत दाबी गर्छ भने, त्यो गलत हो। मिडियालाई सही र सत्य जानकारी मात्र दिन अनुरोध गरिएको छ। बालाजी टेलिफिल्म्स लिमिटेडले सबै लागू हुने कानूनहरूको पूर्ण पालना गर्छ र उच्चतम कर्पोरेट नियमहरूको साथ आफ्नो काम गर्छ।’  

भारतमा सन् २०२० को लकडाउनको समयमा जब ओटीटी प्लेटफर्महरूको प्रचार गरिएको थियो। सोही समयमा एएलटीटी र उल्लुजस्ता प्लेटफर्महरूमा अश्लील सामग्री बढी प्रसारण हुन थालेको पाइएको छ। एजेन्सी

प्रकाशित: १० श्रावण २०८२ २०:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 100 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App