२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

मलद्वारमा लुकाएर ल्याइएको ८३५ ग्राम सुनसहित एक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारमा लुकाएर ल्याएको करिब ८३५ ग्राम सुनजस्तो देखिने अवैध पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

मंगलबार दिउँसो मुम्बईबाट काठमाडौं आएका ४८ वर्षीय भारतीय नागरिक रोनक मदनीलाई विमानस्थलको भन्सार क्षेत्रबाट उक्त परिमाणको सुनसहित पक्राउ गरिएको हो।

इन्डिगो एयरको उडानबाट काठमाडौं अवतरण गरेका मदनीलाई आगमन भन्सार क्षेत्रमा जाँच गर्ने क्रममा प्रहरीले शंकाको आधारमा नियन्त्रणमा लिएको थियो।

थप अनुसन्धानका लागि केएमसी अस्पतालमा लगि भिडियो एक्सरे गर्दा उनको मलद्वारभित्र तीनवटा डल्लामा लुकाइएको अवस्थामा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका मदनीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइने तयारी भइरहेको छ।

प्रकाशित: ८ आश्विन २०८२ १५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App