अभिनयबाट दर्शकलाई मनोरञ्जन दिँदै आएको बलिउड अभिनेतृ कैटरिना कैफले आफ्ना प्रशंसकलाई अर्को खुसी दिएकी छन्।
उनले आफू आमा बन्दै गरेको संर्केत सन्देशसहितको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै खुसी साटिन् ।
उनले सार्वजनिक गरेको बेबी बम्पको तस्बिरसँग उनका प्रशंसकले बधाई तथा शुभकामना दिएका छन् ।
मंगलबार विक्की कौशलले एक तस्बिर सार्वजनिक गरेका छन्। जहाँ सेतो कपडामा उनले आफ्नो खुलेको पेट देखाएकी छन् ।
कैटरिना र विक्की ९ डिसेम्बर २०२१ मा बिवाह बन्धनमा बाँधिएका थिए । उनीहरू निक्कै समयदेखि नै आफ्नो उत्तराधिकारीको प्रतिक्षामा रहेको प्रसंग धेरै भारतीय सञ्चारमाध्यमले लेख्ने गरेका थिए ।
उनका प्रशंसकले सोध्ने सन्तानसँग जोडिएको प्रश्नलाई पनि कैटरिनाको यही तस्बिरले चित्तबुझ्दो जवाफ दिएको छ ।
कैटरिना करिब दुई वर्षदेखि कुनै चलचित्रमा देखिएकी छैनन्। उनको अन्तिम चलचित्र ‘मेरी क्रिसमस’ २०२४ मा थियो, उनी धेरै जस्तो समय आफ्नो परिवारलाई दिइरहेकी छिन्। विक्कीको अन्तिम चलचित्र ‘बैड न्यूज’ हो जसमा विक्कीसँगै त्रिप्ती र एम्मीको अभिनय छ ।
प्रकाशित: ८ आश्विन २०८२ १८:३१ बुधबार





