१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

अपाङ्गता भएका व्यक्तिको निः शुल्क स्वास्थ्य बिमा

यहाँको घिरिङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ। गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त ७८ जनाको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको हो।

स्थानीय अपाङ्गता समन्वय समितिको गत भदौ १९ को बैठकको निर्णय अनुसार चालु आर्थिक वर्षको अपाङ्गता लक्षित कार्यक्रम अन्तर्गत उनीहरूको बिमा गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष राधादेवी अधिकारीले बताइन्। अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्यको पहुँचमा ल्याउने उद्देश्यसहित स्वास्थ्य बिमा कार्यक्रम अगाडि बढाउन लागिएको अधिकारीको भनाइ छ।

गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य बिमा अभिकर्तालाई सूचना जारी गरी सम्बन्धित वडाका अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य बिमा प्रक्रिया अगाडि बढाउन अनुरोध गरिसकेको गाउँपालिकाका अधिकृत ध्रुवराज लामिछानेले बताए।

स्वास्थ्य बिमा कार्यालय तनहुँमा पालिकाबाट रकम भुक्तानी गर्ने क्रममा सम्बन्धित अपाङ्गता परिचयपत्र, नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र असोज मसान्तभित्र उपलब्ध गराउन सूचित गरेको उनले बताए।

उनका अनुसार ‘घ’ वर्गका अपाङ्गता भएका १७, ‘ग’ वर्गका अपाङ्गता भएका ५७ र वर्ग पहिचान नभएका चार जनाको स्वास्थ्य बिमा गरिनेछ। जस अनुसार घिरिङ गाउँपालिका–१ का १७ जना, घिरिङ गाउँपालिका–२ का १४ जना, घिरिङ गाउँपालिका–३ का २० जना, घिरिङ गाउँपालिका–४ का १५, घिरिङ गाउँपालिका–५ का १२ जना छन्।  

प्रकाशित: ८ आश्विन २०८२ १३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App