१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

कमला प्रसाईका तीन कृतिको अन्तरक्रिया

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले साहित्यकार कमला प्रसाईका 'चितामाथिको लास' (नाटकसङ्ग्रह), 'सिमाना' (कवितासङ्ग्रह) र 'हृदयभित्र' (गीतिसङ्ग्रह) को अन्तरक्रिया गरेकाे छ।

कार्यक्रमकाे प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्राडा सुरेन्द्र केसीले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए।

साहित्यकार प्रसाईंलाई नेपाली साहित्य सिर्जनामा पुर्‍याएको योगदानका लागि च्याप्टरले सम्मानपत्रसहित सम्मान गरेको थियाे। कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष वसन्त थापा वित्यासी र अनेसास पुरस्कार समिति सदस्य सन्ध्या पहाडीले प्रसाईंका हृदयभित्र गीतिसङ्ग्रह र सिमाना कवितासङ्ग्रहको चर्चा गरेका थिए।

यसैगरी अनेसासका पूर्व अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले शुभकामना मन्तव्य राख्दै प्रसाईंको योगदानको चर्चा गरेका थिए। अध्यक्ष लेकालीले 'चितामाथिको लास' बारे समीक्षात्मक टिप्पणी पनि गरेका थिए।

च्याप्टरका अध्यक्ष एवं अनेसासका नवनिर्वाचित केन्द्रीय सदस्य राजेन्द्र केसीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि प्राडा सुरेन्द्र केसी, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ "रोदन", लाेकप्रिय निबन्धकार युवराज नयाँघरे, अध्यक्ष राजेन्द्र केसी, साहित्यकारहरू रामप्रसाद दाहाल लगायतले मन्तव्य राख्दै कृतिकार प्रसाईंको योगदानको चर्चा  गरेका थिए।

कार्यक्रममा कविहरू गीता कार्की र गीता रेग्मीले प्रसाईंका कविताहरू वाचेका थिए।कार्यक्रममा प्रमुख अतिथि र कृति चर्चाकारहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा चलचित्र नायक रविन्द्र खड्का, सर्जकहरू हरिबहादुर थापा, रमेश कोइराला, सविता ढुंगाना, भगवती बस्नेत, सविता श्रेष्ठ, देवेन्द्र देबु, हरि मानन्धर, राधिका गुरागाईं लगायतको  उपस्थिति थियो।

संस्थाका वरिष्ठ उपाध्यक्ष मन्जिला अनिलले प्रसाईंलाई अर्पिएको सम्मानपत्र वाचन गरेकाे सो कार्यक्रममा उपाध्यक्ष निर्मलरमण पराजुलीले धन्यवाद ज्ञापन गरेका थिए। 

अनामनगरस्थित डालो रेस्टुरेन्टमा भएको कार्यक्रमको सहजीकरण महासचिव रन्जना निरौलाले गरेकी थिइन्। कार्यक्रममा साहित्यकार, पत्रकार, कलाकार र प्रसाईंका परिवारजनको उपस्थिति रहेको थियो। कृतिकार प्रसाईंका तीनै कृति अनेसास नेपालले २०७७ मा प्रकाशित गरेको हो।

प्रकाशित: १ श्रावण २०८३ १२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App