१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

‘लज्जावती’ चलचित्रको ‘दिलको मोटर’ गीत सार्वजनिक

आगामी साउन २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत अनि सहिमा श्रेष्ठ र रवी ओडको स्वर सुन्न सकिन्छ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरू मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाल फिचर्ड छन्। डान्सिङ नम्बरको रूपमा तयार पारिएको गीतको अडियो उत्कृष्ट सुनिन्छ। भिडियोले पनि दर्शकको मन जित्ने अपेक्षा निर्माण टिमको छ।

आहा फिल्मस्को व्यानरमा क्यानी मल्टिभिजन आइएनसीको सहकार्यमा निर्माण भएको सिनेमालाई राजबहादुर सानेले निर्देशन गरेका हुन्।

सौरभ ओली प्रस्तुतकर्ता तथा कमलप्रसाद शर्मा र सन्दीपकुमार रोका निर्माता अनि दिनेश राज बुढाथोकी कार्यकारी निर्माता रहेको सिनेमामा दिव्यराज सुवेदीको छायांकन छ। हरिप्रसाद सिवाकोटी सिनेमाका लाइन प्रोड्युसर हुन्। क्यानडा निवासी उनी नेपाल रिलिजकै मितिमा ‘लज्जावती’लाई क्यानडा रिलिज गर्ने लक्ष्यसहित टिममा जोडिएका हुन्।

सिनेमामा मुकुन, श्रीकृष्ण, जानुका, मेनुका र केशवसहित धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, बिशाल पहारी, सिपी पौडेल, आरआर खड्का, बिनोद श्रेष्ठ, दिपक थापा, काजल भुजेल लगायतका कलाकारको अभिनय रहेको छ। तारा थापा ‘किम्भे’ को सम्पादन रहेको सिनेमामा देव महर्जनको द्वन्द्व निर्देशन छ। यो सिनेमालाई देशव्यापी कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।

प्रकाशित: १ श्रावण २०८३ ११:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App