१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
बजार

३१ सयले घट्यो सुन, चाँदी पनि सस्तियो

नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्य घटेको छ।

आज सुन प्रतितोला तीन हजार एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोहीअनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ। बिहीबार उक्त सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२५ रुपैयाँले घटेर प्रतितोला चार हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

प्रकाशित: १ श्रावण २०८३ ११:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App