१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

एक वर्षमा २२ गैँडा मरे

फाइल तस्बिर

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा एक बर्षमा २२ वटा गैँडा मरेका छन्। गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा २० वटा र राष्ट्रिय वन क्षेत्रमा दुई वटा गैँडा मरेका हुन्। 

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार दुई वटा गैँडा करेन्ट लागेर मरेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन्। चितवनको माडी र नवलपरासी सुस्तापूर्वको लोकाहा खोला नजिकै करेन्ट लागेर गैँडा मरेको जनाइएको छ।  

साथै माडीमा मध्यवर्ती क्षेत्र र नवलपरासीमा राष्ट्रिय वन क्षेत्रमा गैँडा करेन्ट लागेर मरेका छन् । अन्य गैँडा दलदलमा फसेर, जुधेर, बच्चालाई बाघले खाएर, बुढो भएरजस्ता कारणले मरेको बताए। 

आर्थिक वर्ष २०८१।८२ मा ३० वटा गैँडा प्राकृतिक कारणले मरेका थिए । जसमध्ये दुईवटा राष्ट्रिय वन क्षेत्रमा मरेका हुन् भने अन्य निकुञ्ज र मध्यवर्ती क्षेत्रमा मरेका हुन्। सन् २०२१ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वयस्क गैँडा थिए।   

प्रकाशित: १ श्रावण २०८३ १६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App