१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

बाल्यकालमा म आफैँ यौन दुर्व्यवहारको शिकार भएको थिएँ : सोहेल खान

सलमान खानका भाइ तथा अभिनेता सोहेल खानले हालै एक रियालिटी शो ‘अलायंस’ मा आफ्नो बाल्यकालको पीडादायी अनुभव सार्वजनिक गरेका छन्। उनी सानो हुँदा आफूमाथि यौन दुर्व्यवहार भएको र लाज तथा संकोचका कारण कयौँ वर्षसम्म कसैलाई पनि यसबारे नबताएको खुलासा गरेका हुन्।

सोहेलका अनुसार आफू ठूलो भएपछि उनले बुबा सलीम खानलाई यो घटनाबारे बताएका थिए। त्यस बेला उनका बुबाले यति लामो समयसम्म यस्तो कुरा किन लुकाएर राखेको भनेर सोधेका थिए। सोहेलले आफूलाई त्यस बेला कुनै गल्ती नगरे पनि लाज लाग्ने भएकाले चुप बसेको उल्लेख गरेका थिए।

उक्त एपिसोडका क्रममा उनले प्रतियोगीका रूपमा सहभागी भएपछि मानसिक र भावनात्मक दबाब कस्तो हुन्छ भन्ने कुरा राम्रोसँग बुझेको पनि बताए।

शोमा उनकी पूर्वपत्नी सीमा सजदेहले वाइल्डकार्ड प्रतियोगीका रूपमा प्रवेश गरेकी छिन्। शोमा दुवैबीच सौहार्दपूर्ण सम्बन्ध र राम्रो समझदारी देखिन्छ।

प्रकाशित: १ श्रावण २०८३ ११:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App