यो पनि घर हो ?
मेरी श्रीमतीको रवाफिलो बानीबेहोरा देखेर मेरो साथी रवीन्द्रे आइरहन्छ । सायद उसलाई लाग्दो हो मेरी श्रीमती काइदाकी फरासिली छे । धन्य छु म । उसकी श्रीमती सायद कर्कशा हुँदी हो । प्वाक्कै बोल्दी हो । जे देख्यो त्यही बोल्दी हो । रुद्रघन्टी छैन होला । ऊ मेरी श्रीमती देखेर मजा मान्छ होला बेबकुफ ।

