१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

'मिस एन्ड मिसेस् रौनियार २०२१' सौन्दर्य प्रतियोगिताको लागि आवेदन माग

रौनियार समुदायका युवती तथा विवाहित महिलाहरुमा लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गारउने उद्देश्यसाथ नेपालमा मिस एन्ड मिसेस् रौनियार २०२१ सौन्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ। त्रिपुरेश्रमा रहेको क्रियटिभ ड्रप्सको आयोजनामा हुने तय गरिएको उक्त सौन्दर्य प्रतियोगिताको लागि आवेदन माग गरिएको कार्यक्रम निर्देशक एवं चर्चित फोटोग्राफर संजय रौनियारले बताए।  

डेढ दशकदेखि फेसन तथा कमर्सियल फोटोग्राफरको रुपमा परिचित संजय रौनियार आफ्नो समुदायमा धेरै क्षमतावान महिला तथा युवतीहरु रहेको तर उनीहरुले आफ्नो क्षमता देखाउने अवसर समेत नपाएको अवस्थामा यस्ता सौन्दर्य प्रतियोगिताले रौनियार युवती तथा विवाहित महिलालाई क्षमता प्रदर्शन गर्ने प्लेटफर्म दिने विश्वास लिएका छन्।

रौनियार समुदायका युवती तथा विवाहित महिलाहरु कामकाजी भन्दा पनि प्रायः घरभित्रै आफूलाई सीमित राख्ने विगतदेखिको परम्परा भएकोले उनीहरुमा प्रतिभा भएपनि देखाउन पाउने अवसरनै नपाएको उनको भनाइ छ।  

‘हाम्रो समुदायका युवती तथा विवाहित महिलाहरुभित्र विभिन्न किसिमका क्षमता र प्रतिभा छन्। तर हाम्रो समाजमा अझै पनि महिलाहरु घरभित्रै बस्नु पर्ने बाध्यता रहेकोले उहाँहरु आफ्नो क्षमता अनुसारको काम देखाउने अवसरै पाउनु भएको छैन,’निर्देशक रौनियारले नागरिकसँग भने ‘सौन्दय प्रतियोगिताहरु युवती तथा विवाहित महिलाहरुलाई आत्मविश्वास बढाउने र ब्यक्तित्व विकास हुने किसिमको तालिम दिइने छ।’ उनले थपे ‘प्रतियोगिताको प्रशिक्षण अवधिभर प्रतियोगितहरुमा आत्मविश्वास अभिवृद्धि, ब्यक्तित्व विकास, स्टेज प्रतुतिकरण, नेतृत्वदायी क्षमताको विकास, संचार कलाको विकासलगाएतका विधामा सम्बन्धित विषयविज्ञहरुबाट तालिम दिइने छ।’ 

उनका अनुसार प्रतियोगिताका लागि काठमाडौंमा अडिसन गरेलगत्तै फाइनल प्रतिस्पर्धीहरुको चयन हुन्छ। विजेतालाई एक लाख ५१ हजार नगदसहित सम्मानपत्र तथा पदक वितरण गरिने छ। ‘अडिसनको लागि आवेदन खुला गरिएको छ,’उनले भने ‘प्रतियोगिता रौनियार समुदायको कला, संस्कृति तथा रहनसहनलाई केन्द्रित गरिने गरि हुने भएकोले रौनियार समुदायका अभिभावकहरुमा प्रतियोगिता प्रति सकरात्मक सोच पलाएको छ। बढ्दो आकर्षणसाथ आवेदन भर्ने उत्साह जागेको छ।’

प्रकाशित: १५ फाल्गुन २०७७ ०३:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App