coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

तीन जना साहित्यकारलाई 'कृष्णभूषण बल सिर्जना' पुरस्कार

कृष्णभूषण बल स्मृति प्रतिष्ठानले तीन जना साहित्यकारलाई पुरस्कृत गरेको छ। प्रतिष्ठानले विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठलाई नगद २५ हजार १ सय ११ रुपैयाँ राशिको ‘कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार’ समर्पण गरिएको छ। ५ दशकभन्दा लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय श्रेष्ठका उपान्यास र कथासंग्रह प्रकाशित छन्।  

त्यसैगरी १५ हजार १ सय ११ रुपैयाँ राशिको ‘कृष्णभूषण बल स्मृति विशेष पुरस्कार’ साहित्यकार कविराज पोखरेल र ११ हजार १ सय ११ रुपैयाँ राशिको ‘कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार’ कवि निमेष निखिललाई प्रदान गरिएको छ।  

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराई, प्रतिष्ठानकी प्रमुख संरक्षण शोभा लामा बल, प्रतिष्ठानका अध्यक्ष प्रा.डा. टंकप्रसाद न्यौपानेलगायतले दोसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गरेका थिए।  

त्यस्तै भूपिन, मनु मञ्जिल, केजी सुब्बा, राधिका गुरागाईं, सीमा आभासलगायतले बलले लेखेका कविता वाचन गरेका थिए । सोही अवसरमा युवाकवि दीपक शम्चूको ‘अनुहारमा आप्पा’ कवितासंग्रहको विमोचन गरिएको थियो। विमोचित कृतिका विषयमा समालोचक भूषण ढुंगेलले टिप्पणी गरेका थिए। कवि एवं पत्रकार मीनकुमार नवोदित, कवि शुभलक्ष्मी लम्साल र धीरज राईले विमोचित कृतिभित्रका कविता सुनाए।

प्रकाशित: १६ फाल्गुन २०७७ ०६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App