बलिउडमा परवीन बाबीको ‘टाइम’
नेपाली चलचित्र ‘सन्तान’को मुहूर्त हुँदाको तस्बिर चलचित्र पत्रकार विजयरत्न तुलाधरले मलाई पठाए। त्यतिबेला म बम्बईमा थिएँ। उनले तस्बिरसहितको पत्रमा लेखेका थिए, ‘नेपाली चलचित्रमा पनि एक नायिका आइन्, परवीन बाबी भन्न सुहाउने।’
नेपाली चलचित्र ‘सन्तान’को मुहूर्त हुँदाको तस्बिर चलचित्र पत्रकार विजयरत्न तुलाधरले मलाई पठाए। त्यतिबेला म बम्बईमा थिएँ। उनले तस्बिरसहितको पत्रमा लेखेका थिए, ‘नेपाली चलचित्रमा पनि एक नायिका आइन्, परवीन बाबी भन्न सुहाउने।’
अभिनेता पल शाह र पीडित भनिएका चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानबीच सहमति भएको छ। ईलाका प्रहरी कार्यालय धरानमा शुक्रबार साँझ ढिला उपस्थित भएका शाह र उनका मेनेजर कृष्णप्रसाद जोशी र प्रधानबीच सहमति भएको हो ।
चलचित्रकर्मी महासंघ प्रदेशक १ का अध्यक्ष अरुण प्रधानमाथि दुव्र्यवहार र भौतिक आक्रमणको आरोप लागेका नायक पल शाह छलफलको लागि प्रहरी कार्यालयमा आउन मानेका छैनन् ।
अभिनेता पल साहका मेनेजरबाट कुटिएका नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ का अध्यक्ष अरुण प्रधानले लिखितरुपमा माफी माग्नु पर्ने बताएका छन् ।
सबैले उछितो काढेपछि विषयान्तर भयो । आजको एजेन्डा यो थिएन । तपाईं सबैको मन राख्नैका लागि भा नि म मिलाउँछु भनी मुस्कान बाजेले बैठक अनिश्चितकाल स्थगित गरे । अनि बैठकको आशमा बसेका आलोचकहरूलाई आक्षेप लगाएर भने – छिमेकीको उक्साहटमा मेरो विरोध उरालिएको छ।
समृद्धिका फूलहरू फुलाउनलाई जुट्नुपर्छ, धेरै सुत्यौ निद्राबाट अब हामी उठ्नुपर्छ । हिरामोती सुन फल्ने नेपालको प्रकृति यो, सभ्यताको मूलथलो सुन्दर हाम्रो नेपाल हो ।
अथक गरियो प्रयास , तर्न सक्छु कि आफै , अप्ठेरोमा पर्दा मिलाई , झर्न सक्छु कि आफै। नअट्काउ मलाई , कोसिस गरी बढ्नु छ, राम्रो – नराम्रो प्रचार नै , गर्न सक्छु कि आफै।
काम गर्नेको खुट्टा तानिन्छ, कसरी बन्छ देश विकासमा पत्थर हानिन्छ, कसरी बन्छ देश ! विकास र समृद्धिको लागि, होड चल्नुपर्नेमा, मुखभरिको लड्डु छानिन्छ, कसरी बन्छ देश !
म्युजिक भिडियोको सुटिङ गर्न धरान आएका नायक पल शाह कानुनी झमेलामा फसेका छन्। शाह र उनका मेनेजर कृष्णप्रसाद जोशीविरुद्ध दुर्व्यवहार र कुटपिट गरेको आरोपमा धरान प्रहरीमा उजुरी परेको छ। धरान निवासी चलचित्रकर्मी महासंघ १ नम्बर प्रदेश अध्यक्ष अरुण प्रधानले दुवै विरुद्ध बिहीबार प्रहरीमा जाहेरी दिएका हुन्।
तिमी जाउ आर्यघाट जहाँ बागमतीको जलले चिताको भष्म पखाल्न सकिन्छ आर्यघाटको एउटा वेदीमा । तिम्रा भाइबन्धुले तिम्रो मृत्युपछि त्यो वेदी नलिएलान् त्यसैले तिम्रो प्राण छँदै चिता भष्म हुन तिमी आर्यघाट जाऊ ।
सुकेको परालमा पानी लगाएर गर्न गरयो । तिम्रो त ढुकुटी खेलेछ मेरो त करोडौ पैसा उसको हङकङ आइडीमा लगायो र उसले अहिलेसम्म एक कञ्ची कमाएन पनि अझै मसँग पो माग्ने गथ्र्यो । उसको आइडी मात्रैले कहाँ जान्थ्यो त्यत्रो पैसा कुनकुन टोपीको घेरा नभएको खातेहरू हङकङ, अस्ट्रेलिया, अमेरिका पुगे केही हिसा किताब देखाएन तर पनि मैले बेलायत ल्याएँ दुई वर्ष मात्र मसँग बसी र मलाई जानकारी नदिई अन्तमा रहलपहल भएको मेरो बैंकको पैसा लिएर फेरि हङकङ नै टाप कस्यो ।
बलिउड अभिनेत्री आलिया भट्टको शीर्ष भूमिका रहेको चलचित्र ‘गंगूबाई काठियावाडी’को टिजर सार्वजनिक भएको छ। बलिउड निर्देशक सञ्जय लीला भन्सालीको जन्मदिनको अवसर पारेर बुधबार उनको करियरको १० औं चलचित्र गंगूबाई काठियावाडीको टिजर सार्वजनिक भएको हो।
क्यूबेक मन्ट्रेलभन्दा भिन्न किसिमको लाग्यो । यहाँ पनि टुरिष्टहरू प्रशस्त आउने गर्दा रहेछन् । प्राय सबै टुरिष्टहरू मन पराउने एउटा यस्तो स्ट्रिट रहेछ जहाँ ट्राफिक प्रवेश निषेध गरिएको रहेछ । सडकैभरि मेला लागेको जस्तो देखिन्थ्यो । हाम्रो जात्रामा हुने भिडजस्तै हुँदो रहेछ । विभिन्न किसिमको खेल, नाचगान भई नै रहँदो रहेछ । प्रदर्शन कर्ताहरूको पनि पालैसंगको समयमा स्थान पाएका हुँदा रहेछन् । निर्धारित समय सकिएपछि फर्किनुपर्ने हुँदो रहेछ । मेरो खुट्टा दुःख्ने कारणले गर्दा सबै ठाउँहरूमा पैदल पुग्न नसकिएकोले मेरो कारणले गर्दा छोराछोरीले ती स्थानहरूको अवलोकन गर्न नपाएकोमा मलाई जरुर दुःख लाग्दथ्यो । स्कटल्याण्डको एडिनवशमा घुम्दा पनि मेरो कारणले अरूहरू पनि जानैपर्ने स्थानहमा जान नपाएकोमा मलाई दुःख लागेको थियो ।
ओहो परिवर्तन त भएछ । दोग्ला जङ्गला कार चढ्ने भएछ । दोमुहल्ला किनेछ । चतुरानन्दका खलकै शहर पसेछन् । चतुरानन्दका खलकहरू अब्बल गणतन्त्रवादी भएछन् । गणतन्त्रको डाडूपुन्यू आफ्ना हातमा पारेछन् । पारिबाट आएकाहरू अब्बल नेपाली भएछन् । अनि खाँटी नेपाली रबिया, सोमिया, मङ्गला, बुधनाको अवस्था झन् बदर भएछ । नेपाली हसिनाले हाँस्न पाएकी छैन । बुधनी भोकै छ । रमवतीया चिथ्रा लाउन बाध्य छे । रतुवावाली स्कुलसँग जोडिएको घरमा बसेर पनि निरक्षर छे । ऊ एकाएक चिच्यायो– ‘कहाँ छे हमर गनतन्तर ? कहाँ छे हमर अधिकार ?, कहाँ छे हमर पहिचान ?’ (खोई मेरो गणतन्त्र ?, खोई मेरो अधिकार ? खोई मेरो पहिचान ?) ।
‘युरोरडिस फोटो अवार्ड २०२१’ मा नेपालले दोस्रो स्थान गर्न सफल भएको छ। दुर्लभ रोग लागेर जीवन बिताउन बाध्य व्यक्तिको जीवन शैलीलाई उजागार गर्ने लक्ष्यका साथ आयोजित अन्तरराष्ट्रिय फोटो प्रतियोगितामा पोखराका खिमकाजी लामिछाने दोस्रो भएका हुन्।
बाटो सही हो भनी हिँडेकाहरू भन्दै छन् कसरी फरक परेछ स्वर्णलंका हो गन्तव्य सबैको जहाँ मधुवर्षा हुन्छ सदैव पुग्न सकेमा जो कोही हासिल गर्दछ अथाह वैभव यसैले हिँडेकाहरू कैयौ यात्रामा देखिन्छ बीच बाटोमा अलपत्र सहज छैन यात्रा स्वर्णलंकाको मायावी बाटो अनेक छन् थोरै मात्र पुग्छन् भाग्यले यसैले फर्कन कोही चाहँदैनन् ।
भारतीय हास्यकलाकार कपिल शर्मा केही दिन अघि ह्वीलचेयरमा देखिएका थिए। लगत्तै उनको चिन्ता र चर्चा एकाएक बढ्यो। सोमबार भारतको मुम्बई विमानस्थलमा ह्वीलचेयरमा कपिललाई देखेपछि फ्यान तथा शुभचिन्तकहरूमा निकै चासोको बिषय बनेको थियो।
विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत शेयर गरेकी थिईन्। केही समय अगाडि थिरसँग विवाहको चर्चा चलेपनि अन्जुले सबै कुरा खुलाएकी थिईनन्। तर थिरले आफूहरु सम्बन्धमा रहेको अब छिट्टै विवाह गर्ने पनि बताएका थिए।
अर्को औंसी पनि आयो । त्यो लुकीछिपी आउने साधु डम्बरप्रसादको खोपीमा सुटुक्क छिर्यो र डम्बरप्रसादको कठालो समातेर भन्यो– मैले सिकाएको धुर्त्याइँ, भेट्न आउने मान्छेका पछि आफ्ना जासुस लगाउने कला, कनिकुथीका विद्या, ढाकछोपका मन्त्र, मनगढन्ते समस्या र खर्चिलो निदानका विधि अब सस्तो भाउमा बेचेर हुँदैन डमरू । मेरो कमिसन पनि पन्ध्र टकाबाट पच्चिस टका पुर्या नत्र भोलि नै तेरो पाखण्ड छताछुल्ल पारिदिनेछु।
पिउनेहरूलाई न दशैतिहार न शनिबार चाहिन्छ, जस्को गला छैन उसैलाई हिराको हार चाहिन्छ। अचेल जिउँदाहरूले नै देशमाथि अन्याय गरेपछि, अब मुर्दाहरूको हातमा खुकुरीको धार चाहिन्छ।