coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

नायक पल शाहविरुद्ध उजुरी, छलफलका लागि प्रहरीले बोलायो

म्युजिक भिडियोको सुटिङ गर्न धरान आएका नायक पल शाह कानुनी झमेलामा फसेका छन्। शाह र उनका मेनेजर कृष्णप्रसाद जोशीविरुद्ध दुर्व्यवहार र कुटपिट गरेको आरोपमा धरान प्रहरीमा उजुरी परेको छ। धरान निवासी चलचित्रकर्मी महासंघ १ नम्बर प्रदेश अध्यक्ष अरुण प्रधानले दुवै विरुद्ध बिहीबार प्रहरीमा जाहेरी दिएका हुन्। ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले प्रधानको निवेदन बिहीबार आएको र आज(शुक्रबार) दिउँसो १ बजे छलफलको लागि बोलाइएको जानकारी दिए। उनले भने,‘पल शाहसहित २ जनाविरुद्ध निवेदन आएको छ, हामीले छलफलको लागि आज दिउँसो बोलाएका छौं।’

सामान्य विषयमा विवाद भएको र एक्कासी शाहको सेक्रेटरी जोशीले धरानका केही युवाहरु बोलाएर आफूमाथि कुटपिट गरेको निवेदक प्रधानले बताए। उनका अनुसार उनी पनि बुधबार राती धरान १० स्थित ज्वाँई खाना घरमा शाहलाई स्वागतको लागि पुगेका थिए। म्युजिक भिडियोका निर्देशक आफ्नो मित्र भएकोले सुटिङको लागि आवश्यक सामाग्री जोहो गर्न सहयोग गरेको उनको भनाइ छ। शनिबार धरानमा चलचित्र सम्बन्धी अन्तर्क्रिया हुने भएकोले शाहलाई निमन्त्रण गरिएको तर उनले नआउने भनेपछि सामान्य विवाद भएको थियो। ‘पल भाईले नआउने भनेपछि मैले फेसबुकमा भएको पोष्ट डिलिट गर्दिन्छु भने, त्यही विषयमा सामान्य विवाद भयो, तर च्याप्टर क्लोज भइसके पछि धरानका युवा भाईहरु बोलाएछ,’प्रधानले भने,‘उनीहरु आएपछि पलको सेक्रेटरीले एक्कासी ममाथि जाइलाग्यो।’

नायक शाहले भने विभिन्न सञ्चार माध्यामहरुलाई प्रतिक्रिया दिँदै उल्टै प्रधानले आफूमाथि दुर्व्यवहार गरेको बताएका छन्। आफूलाई कार्यक्रममा निमन्त्रणा गर्दा मेनेजरसँग कुरा गर्नुस् भनेको तर प्रधानले घमण्डीपन देखाएको भन्दै म यसको नाम हटाइदिन्छु भन्दै चोर औला ठड्याउदै कुरा गरेको शाहको भनाइ छ। यस विषयमा मेनेजर कृष्ण र प्रधानबीचमा धकेलाधकेल भएको शाहको भनाइ छ।

प्रकाशित: १४ फाल्गुन २०७७ ०३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App