coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

पल शाहले माफी नमागे प्रदेश १ मा फिल्म प्रदर्शन गर्न नदिने चेतावनी

अभिनेता पल साहका मेनेजरबाट कुटिएका नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ का अध्यक्ष अरुण प्रधानले लिखितरुपमा माफी माग्नु पर्ने बताएका छन् ।

प्रधानले घटना भएको होटल धरान १० स्थित ज्वाँई खानामा आज पत्रकार सम्मेलन गर्दै आफुबाट कुनै गल्ती नभएको तर शाहका मेनेजरले खाना खाइरहेको बेला एक्कासी आक्रमण गरेको बतााए । ‘सामान्य बिषयमा विवाद भयो, फेरि कुरा मिलिसकेपछि उनीहरुले धरानकै भाईहरु बोलाएछन्, त्यसपछि मेनेजरले एक्कासी मलाई आक्रमण गर्यो । प्रहरीमा उजुरी दिएको छुँ । लिखितरुपमा माफी माग्नुपर्छ नत्र कानुनी रुपमा अघि बढ्छु । पल शाहको फिल्म प्रदेशमा प्रतिबन्ध लगाउछौ’ं, प्रधानले भने ।

प्रधानका अनुसार नायक शाहको कृष्णप्रसाद जोशीले आफुलाई एक्कासी आक्रमण गरेको सिसिटिभी फुटेज प्रमाणको रुपमा प्रहरीले लगेको पनि बताए । उक्त फुटेज हेरेर नै को दोषी हो भन्ने प्रष्ट हुने पनि प्रधानले जानकारी दिए । घटनाको भोलीपल्ट बिहिबार प्रधानले अभिनेता शाह र उनको मेनेजर जोशीविरुद्ध ईलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएका थिए । शाहको सुटिङ आज सकिने र दिउँसो ४ बजे छलफल हुने प्रहरीले जनाएको छ । ‘उहाँहरु ४ बजे छलफलमा आउने भन्नु भएको छ, सिसिटिभि फुटेज ल्याएका छौ, अनुसन्धानको क्रममा नै छ,’डिएसपी ज्ञानेन्द्र बस्नेतले भने ।  

आफु चलचित्रकर्मी महासंघको प्रदेश अध्यक्ष भएको र प्रदेशमा चलचित्र नगरी बनाउने अभियानकर्मी पनि भएकोले शाह जस्तो कलाकार धरान आउदा खुशी भएर स्वागत गर्न पुगेको उनको भनाइ छ। ‘म चलचित्रकर्मी महासंघको प्रदेश अध्यक्ष हुँ । यो क्षेत्रलाई चलचित्र नगरी बनाउने अभियानमा छुँ । त्यसैले राम्रो कलाकार आफ्नो ठाउँमा आउदा खुशी भएर नै स्वागत गर्न र शनिबार हुने कार्यक्रमको निम्तो लिएर भेट्न गएको थिएँ,’प्रधानले भने ,‘ ममाथि पलले दुव्र्यवहार गर्छ, र मेनेजरले आक्रमण गर्छ भन्ने मैले सोचेको थिइँन ।’

दुई दिनअघि (बुधबार) नायक शाह म्युजिक भिडियोको सुटिङ गर्न धरान आएका थिए । सोही दिन साँझ उनलाई स्वागत गर्न र शनिबार हुने चलचित्र क्षेत्र सम्बन्धी अन्र्तक्रियामा अतिथिकोरुपमा निमन्त्रणा गर्न प्रधान ज्वाँई खाना घरमा पुगेका थिए । सोही बेला नायक शाहसँग असझदारी भएर विवाद बढ्दै जाँदा प्रधानमाथि मेनेजर जोशीले आक्रमण गरेका थिए । उक्त घटनाको सिसिटिभी फुजेट प्रहरीले लगिसकेको छ । फुटेजमा पनि बसिरहेका प्रधानलाई जोशी आएर मुक्का हानेको देखिन्छ । सिसिटिभी फुजेट सञ्चारकर्मीलाई दिन मानेको छैन ।

 ‘सिसिटिभी फुटेजमा प्रष्ट छ, मलाई पल शाहको मेनेजरले आएर आक्रमण गरेको । त्यसैले प्रहरीमा निवेदन दिएको छुँ, लिखितरुपमा माफी नमागे कानुनी कारबाही अघि बढ्छ, हामी प्रदेश १ भरी भविष्यमा पल शाहको फिल्म ब्यण्ड गछौं,’प्रधानले चेतावनी शैलीमा भने,‘उनीहरुले बोलाएको युवाहरु हामीले चिनेको थियो र केही भएन, नत्र त्यहाँ ठुलो मारामार नै पथ्र्यो ।’

प्रकाशित: १४ फाल्गुन २०७७ १०:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App