५ वैशाख २०८१ बुधबार
कला

सही सोचको अवसान

लघुकथा

आचार्य प्रभा

 

शहरमा विरोधको नारा–जुलुस दिनहुँ घन्किन थालेको थियो।

–“मेयर कुलप्रसाद मुर्दावाद, हामीले गरी खाने बाटो बन्द नगर्। जनताले स्वतन्त्रता पाउनुपर्छ।”

यस्तै नारा–जुलुसले मेची नगर आक्रान्त बनी रहेको बेला नयाँ वर्षको रौनकता नगरभरि छाउन थाल्यो। नगरबासी अझ उद्दण्ड बनेर नयाँ वर्ष मनाउने तयारीमा जुटे। यता कोरोना आतंकले देशै नीरवतामा डुब्दै गर्दा उक्त मेयरले आफ्नो नगरलाई कोरोना आतंकबाट जोगाउन हरसम्भव  प्रयत्न गरिरहेका थिए। तर, अफ्सोच! जनताहरू बिरोधमा उत्रिएपछि नगर प्रमुख निरश बन्दै गए।

उक्त नगरपालिका चौतर्फी विकासको नमुनामा गनिएको थियो। कुलप्रसाद नगर प्रमुख भएदेखि त्यहाँ शान्ति र मनोरम वातावरण छाएको थियो। ज्नताहरू सब आआफ्नो व्यवसायमा व्यस्त थिए। कसैको कसैसँग मतभेद थिएन। उक्त शहरमा स्वतन्त्रताको साथ जनताले शान्तिसँग आफ्नो जीवनशैली चलाइरहेका थिए। तर, कोरोना आतंकले भने निकै प्रभाव पार्न थालेको थियो।

जब कोरोनाको प्रभाव बढ्न थाल्यो। त्यहीबेला विपरीत पार्टीका झोलेहरूले जनतालाई उचाल्न थाले। उनीहरूलाई विरोधमा उचालेर आफ्नो पार्टीको स्वार्थ पूरा गर्ने ध्येयले नगर प्रमुखको विपक्षमा नारा जुलुसमा सबैलाई उतारे। दिनहुँको भेला, जमघट, नयाँ वर्षको उमंगमा रमाउनाले कोरोनाले साम्राज्य जमायो। अन्त्यमा दिनहुँ चार ÷पाँच जनाको संख्यामा कोरोना संक्रमण हुन थाले। नगरै कोरोना आतंकको शिकार बन्यो।

जति मेयरले कडा निगरानी राखे पनि उनको सही कार्यलाई कसैले आत्मसात गरेनन्। उन्ले आफ्नो नगरलाई कोरोना आतंकमुक्त बनाउने प्रयास असफलै रह्यो। आखिरमा उनले हारेर सोच्न थाले। –“मेरो कोसिसले मात्र यस्तो महामारी कहाँ रोक्न सक्छु र ?” अन्त्यमा उक्त नगरपालिका कोरोना आतंकबाट लासहरूको बस्तीमा परिभाषित बन्न पुग्यो।

जब मेयर स्वयंको कोरोना आतंकबाट अवसान भयो। तब विपक्षी पार्टीका झोलेहरू एकाएक गायब भए। ती जमघटमा कुर्लने भिड पनि सेलाउँदै गयो। अन्त्यमा जनता पश्चात्तापको आँसुमा डुब्न थाले।

प्रकाशित: ३० वैशाख २०७८ ०१:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App