२६ चैत्र २०८१ मंगलबार
image/svg+xml २१:३२ अपराह्न
कला/संस्कृति

मुखले मात्र आफ्न मान्ने आफ्नाहरू हुन्!

मुक्तक

१) मुक्तक

बाहिर देखाउन चोट चाहिन्छ खत चाहिन्छ,

मनमा पिर अनि छाती भतभत चाहिन्छ।

कायर रहेछ भन्छन् भन्नेले सजिलै, के थाहा,

आत्महत्या गर्न पनि बढो हिम्मत चाहिन्छ।

२) मुक्तक

प्रगतिका पाइलामा खुट्टा तान्ने आफ्नाहरू हुन्,

मुखले मात्र आफ्न मान्ने आफ्नाहरू हुन्।

दुस्मनले त बरु छाती खोली लड्न आउँछन्,

लुकेर पछाडिबाट छुरा हान्ने आफ्नाहरू हुन्।

३) मुक्तक

संसारको सबै अग्निको राप उस्लाई हुनेछ,

हिरा छोडी सुन रोज्नुको पाप उस्लाई हुनेछ।

अब जिन्दगीलाई यस्तो बनाउने छु नि म,

मलाई नचिन्नुको पश्चताप उस्लाई हुने छ।

४) मुक्तक

गराएर रहरहरू छिन्न खरानी भैदियो,

भयो आखिर मन खिन्न खरानी भैदियो।

के गरेर सम्हनलो जिन्दगीलाई अब मैले,

सपना थिए विभिन्न खरानी भैदियो।

५) मुक्तक

नआओस् जीवनमा गन्ध राम्रो गराउनु,

खुसी हुनु दादा मन्ध मन्ध राम्रो गराउनु।

दुनियाँ पनि जलोस् हजुरको जोडी देखी,

बाँचुञ्जेलसम्म सम्बन्ध राम्रो गराउनु।

६) मुक्तक

हुँदो रहेनछ आफन्तको भर के हाल होला फेरि,

सोचे जस्तो नहुने रहेछ सहर के हाल होला फेरि।

छोरीको सानो चोट मात्र सहन नसक्ने मेरो आमा,

पुग्यो भने छोरी मरेको खबर के हाल होला फेरि।

७) मुक्तक

दुःखको बेला हात समाउनु भाग्यमा नै हो,

यति असल मान्छे पाउनु भाग्यमा नै हो।

शब्द कुनै भेटिन तिम्रो बयान गर्नलाई सानू,

तिमी मेरो जिन्दगीमा आउनु भाग्यमा नै हो।

८) मुक्तक

कहिले यता कहिले उता सर्न जरुरत थियो र,

यसरी अनेकै बुट्टा भर्न जरुरत थियो र।

हिजो त बिना कामको भनी लत्याएको मान्छेले,

आज रुँदै कराउँदै मेरो पाउ पर्न जरुरत थियो र।

९) मुक्तक

यो दिलभित्र ठुलै हानि भएको बेला,

रुँदै कराउँदै हिंड्ने बानी भएको बेला।

फेरि मेरो अर्को बर्बादी सुरू हुन लाग्यो,

सपनाको घर जलेर खरानी भएको बेला।

१०) मुक्तक

खुसी बनाउन आफ्नो मन रमाइलो धुमधाम गर्नु छ,

मलाई रुवाउने अनि दुनियाँ हसाउने काम गर्नु छ।

म भने तिमी लड्दा पनि तिम्रो हात थाम्ने गर्छु प्रिय,

तिमीलाई त मेरै दुस्मनसँग मेलेर मेरो बदनाम गर्नु छ।

-सपना कुँवर

प्रकाशित: २१ चैत्र २०८१ १०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App