११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

रजक मृत्यु प्रकरण : वैशाख ६ सम्म माग पूरा नभए देशव्यापी आन्दोलन गर्ने महासङ्घको घोषणा

नेपाल पत्रकार महासङ्घले पत्रकार सुरेश रजकको हत्या सन्दर्भमा छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराउने भएको छ।

मङ्गलबार (आज) काठमाडौंमा बसेको महासङ्घको बैठकले यस्तो निर्णय गरेको हो। 'चैत २९ गते शुक्रबार रजकको हत्याका सम्बन्धमा स्वतन्त्र छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोगलाई ध्यानाकर्षणपत्र बुझाउने,' महासङ्घको निर्णयमा भनिएको छ।

महासङ्घले रजकको हत्याबारे छानबिनका लागि सरकारलाई सातदिने अल्टिमेटम दिएको थियो। तर, सरकारले केही कदम चालेन। यसपछि महासङ्घले वैशाख ६ गतेसम्मका लागि अर्को अल्टिमेटम दिएको छ। 'समयावधिभित्र सरकारले महासङ्घका माग सम्बोधन नगरे देशव्यापी आन्दोलनको घोषणा गर्ने जानकारी गराइन्छ,' महासङ्घको निर्णयमा भनिएको छ।

त्यसअघि चैत ३१ गते सरकारलाई ‘नेपाल पत्रकार महासङ्घले यही चैत १८ गते प्रस्तुत गरेका माग पुरा गर’ भन्ने सन्देश विभिन्न माध्यमबाट गृहमन्त्रीसमक्ष पठाउन देशभरका पत्रकारहरूलाई आह्वान गर्ने, २०८२ बैशाख २ गते सम्पादकहरूसँग छलफल गर्ने, ४ गते सञ्चारगृहका सञ्चालक आबद्ध रहेका प्रमुख संस्थाहरूसँग छलफल गर्ने र ६ गते महासङ्घका पूर्वसभापति/अध्यक्षहरूसँग छलफल गर्ने निर्णय गरेको छ।

पत्रकार रजकको गत चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शित राजावादी प्रदर्शनमा परि  मृत्यु भएको थियो। 

प्रकाशित: २६ चैत्र २०८१ १९:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App