देशका अधिकांश भू-भागमा वर्षा नभए पनि सुर्खेतमा भने पानी परेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान ११ः५० बजेसम्मको पछिल्लो एक घण्टामा सुर्खेतको गोठीकाँडामा २.८ मिलिमिटर वर्षा मापन भएको हो।
यस्तै, सुर्खेतकै रतनङ्गला आसपासका क्षेत्रमा पनि पानी छिटाएको महाशाखाले जनाएको छ। देशका अन्य भू-भागमा भने उक्त अवधिमा वर्षा नभएको जनाइएको छ।
प्रकाशित: १९ आश्विन २०८३ ११:५९ सोमबार


-600x400.jpg)


