२१ आश्विन २०८३ बुधबार
image/svg+xml
समाज

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान, बलाधिकृत केसीलाई कायममुकायमको जिम्मेवारी

प्रधान सेनापति अशोक राज सिग्देल औपचारिक भ्रमणका लागि सोमबार बेलायततर्फ प्रस्थान गरेका छन्। उनी बेलायती सेनाका जनरल रोलि वाकरको निमन्त्रणामा बेलायत गएका हुन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधान सेनापति सिग्देल असोज १९ देखि २५ गतेसम्म बेलायतमा रहनेछन्। भ्रमणका क्रममा दुई देशबिच लामो समयदेखि रहँदै आएको आपसी सैनिक सम्बन्धलाई थप बलियो बनाउने तथा सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा योगदान पुग्ने विश्वास छ।

प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले बिदाइ गरेका थिए। प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जंग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्।

प्रकाशित: १९ आश्विन २०८३ १२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App