३१ चैत्र २०८१ आइतबार
image/svg+xml ८:२५ पूर्वाह्न
कला/संस्कृति

फिल्म ‘पिताम्बर’ को एक्सनपूर्ण ट्रेलर सार्वजनिक

नयाँवर्ष २०८२ को छेको पारेर आउँदाे चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’ को एक्सनपूर्ण ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा मंगलबार एक कार्यक्रम गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो।

अभिनेत्री सुरक्षा पन्त र एक बच्चा गहुँबारीमा रमाइरहेको दृश्यबाट सुरु ट्रेलरमा एक्सनका दृश्यले स्थान पाएका छन्। बदलाको भाव देखाउने ट्रेलरमा अधिकांश दृश्य एक्सनका छन्। ट्रेलरमा फिल्मका प्रायः सबै कलाकारलाई स्थान दिइएको छ। ट्रेलर बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो।

ट्रेलर रिलिजपछि फिल्मकी निर्देशक कृषा चौलागाईले ट्रेलर रिलिज गरेसँगै दर्शकसँग आत्मसर्मपण गरेको बताइन्। ‘ट्रेलर आएसँगै हामीले दर्शकसँग आत्मसमर्पण गरिसक्यौं। टिजर, गीत, पोस्टर जस्तै ट्रेलरलाई पनि मनपराइदिनुहुनेछ भन्नेमा ढुक्क छौं’, उनले भनिन्।


फिल्मका निर्माता विशाल चौलागाईले आफूले नेपाली फिल्म क्षेत्रलाई एउटा राम्रो फिल्म दिएको बताए। उनले फिल्मकर्मी मिलेर जान सकेमा फिल्म उद्योगको भलाइ हुने बताए।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ।

फिल्ममा बालकलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) ले समेत अभिनय गरेका छन्।


विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सहनिर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ। फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ।

प्रकाशित: २० चैत्र २०८१ १०:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App