१३ वैशाख २०८२ शनिबार
image/svg+xml १:१८ पूर्वाह्न
अर्थ

कालीमाटीमा यस्तो छ तरकारी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य तोकेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको छ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो २५ रुपैयाँ, आलु रातो प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४० रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४२ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ३० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो १५ रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो १२ रुपैयाँ, बन्दा (नरिवल) प्रतिकिलो २० रुपैयाँ, काउली (स्थानीय) प्रतिकिलो ३० रुपैयाँ, स्थानीय काउली (ज्यापु) प्रतिकिलो ३० रुपैयाँ, मूला रातो प्रतिकिलो ४५ रुपैयाँ, मूला सेतो (लोकल) प्रतिकिलो २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ, तने बोडी प्रतिकिलो ८० रुपैयाँ कायम छ।

यसैगरी, मटरकोसा प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ८० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ९० रुपैयाँ, तितो करेला प्रतिकिलो ६० रुपैयाँ, लौका प्रतिकिलो ५० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ९० रुपैयाँ, परबर (तराई) प्रतिकिलो ९० रुपैयाँ, चिचिण्डो प्रतिकिलो ७० रुपैयाँ, घिरौँला प्रतिकिलो ६० रुपैयाँ, झिगुनी प्रतिकिलो ७० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० रुपैयाँ, सलगम प्रतिकिलो ७० रुपैयाँ, भिण्डी प्रतिकिलो ६० रुपैयाँ तोकिएको छ।

सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, बरेला प्रतिकिलो ६० रुपैयाँ, पिँडालु प्रतिकिलो ९० रुपैयाँ, स्कूस प्रतिकिलो ६० रुपैयाँ, रायो साग प्रतिकिलो ८० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो ८० रुपैयाँ, चम्सुरको साग प्रतिकिलो १०० रुपैयाँ, तोरी प्रतिकिलो ४० रुपैयाँ, मेथीको साग प्रतिकिलो ९० रुपैयाँ, प्याज हरियो प्रतिकिलो ५० रुपैयाँ, बकुला प्रतिकिलो ५० रुपैयाँ, तरुल प्रतिकिलो १०० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १५० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, कुरिलो प्रतिकिलो ६०० रुपैयाँ निर्धारण गरिएको छ।

निगुरो प्रतिकिलो ८० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ७० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजीवन प्रतिकिलो १८० रुपैयाँ, कोइरालो प्रतिकिलो २२० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ८० रुपैयाँ, जिरीको साग प्रतिकिलो ६५ रुपैयाँ, ग्याठकोभी प्रतिकिलो ६५ रुपैयाँ, सेलरी प्रतिकिलो २०० रुपैयाँ, पार्सले प्रतिकिलो ३०० रुपैयाँ, सौफको साग प्रतिकिलो ९० रुपैयाँ, पुदिना प्रतिकिलो ३५० रुपैयाँ, गान्टे मूला प्रतिकिलो ६० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ, तामा प्रतिकिलो १०० रुपैयाँ, तोफु प्रतिकिलो १२० रुपैयाँ, गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ।

फलफूलतर्फ, स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फूजी) प्रतिकिलो ३५० रुपैयाँ, केरा प्रतिडजन १६० रुपैयाँ, कागती प्रतिकिलो २६० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकिलो २०० रुपैयाँ, अङ्गुर (कालो) प्रतिकिलो २५० रुपैयाँ, भारतीय सुन्तला प्रतिकिलो १५० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ७० रुपैयाँ, मौसम प्रतिकिलो २०० रुपैयाँ, जुनार प्रतिकिलो २०० रुपैयाँ, भूइँकटहर प्रतिगोटा २०० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो १०० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, रुख कटहर प्रतिकिलो १०० रुपैयाँ, निबुवा प्रतिकिलो ५० रुपैयाँ, नासपती (चाइनिज) प्रतिकिलो २६० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १२० रुपैयाँ, अम्बा प्रतिकिलो १२० रुपैयाँ, लप्सी प्रतिकिलो १०० रुपैयाँ, उखु प्रतिगोटा १०० रुपैयाँ, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो २५० रुपैयाँ, किबी प्रतिकिलो ४५० रुपैयाँ, आभोकाडो प्रतिकिलो ६५० रुपैयाँ, अमला प्रतिकिलो १३० रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै, खुर्सानी सुकेको प्रतिकिलो ४०० रुपैयाँ, खुर्सानी हरियो प्रतिकिलो ७० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ६० रुपैयाँ, खुर्सानी हरियो (माछे) प्रतिकिलो १०० रुपैयाँ, भेडे खुर्सानी प्रतिकिलो ६५ रुपैयाँ, लसुन हरियो प्रतिकिलो ६० रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो १८० रुपैयाँ, लसुन सुकेको (चाइनिज) प्रतिकिलो ३२० रुपैयाँ, लसुन सुकेको (नेपाली) प्रतिकिलो ३०० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३२० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो २६० रुपैयाँ, ताजा माछा (छडी) प्रतिकिलो २४० रुपैयाँ, रुख टमाटर प्रतिकिलो १४० रुपैयाँ, राजा च्याउ प्रतिकिलो ३०० रुपैयाँ, सिताके च्याउ प्रतिकिलो ८०० रुपैयाँ तोकिएको छ। रासस

प्रकाशित: ३१ चैत्र २०८१ ०७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App