भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर जाँदै गरेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्र्याक्टर नगरपालिका–३ सेतीबगरमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाका अनुसार दुर्घटनामा मृत्यु हुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। रासस
प्रकाशित: ३१ चैत्र २०८१ ०७:१६ आइतबार