३१ चैत्र २०८१ आइतबार
image/svg+xml १६:४० अपराह्न
कला/संस्कृति

‘शिवपुरी साहित्य समाज’ बाट ६ स्रष्टालाई सम्मान

‘शिवपुरी साहित्य समाज’ ले विभिन्न विधाका ६ स्रष्टालाई सम्मान गर्ने भएको छ। शिवपुरी समाजका अध्यक्ष विष्णुबहादुर सिंहको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

समाजले शिवपुरी गजल सम्मान-२०८१ बाट काठमाडौंकी शान्ति शर्मा, मानशोभा प्रतिभा सम्मान- २०८१ बाट डा. वासुदेव खनाल, अर्घाखाँची, विष्णु-कृष्ण बुढाथोकी स्रष्टा सम्मान- २०८१ बाट बिसुकुमार केसी काठमाडौंलाई सम्मान गर्ने भएको छ।

यसैगरी विष्णुपुष्पा साहित्यिक पत्रकारिता पुरस्कार नवराज पुडासैनी ज्योत्स्ना, काठमाडौंलाई समर्पण गरिने छ।

यसैगरी गौरी कार्की स्मृति मुक्तक सम्मान-२०८१ प्रकाश बस्नेत गफाडी, नरबहादुर भारती स्रष्टा सम्मान-२०८१ बाट मिलन समीर,स्याङ्जालाई सम्मान गरिने भएको छ।

उक्त सम्मान तथा पुरस्कार आउँदाे चैत्र ३० गते प्रदान गरिने छ। उक्त दिन शिवपुरी सन्देश साहित्यिक त्रैमासिक र शिवपुरी साहित्य समाजको वार्षिकोत्सव कार्यक्रम तथा गुन्द्रुक,मकै,भटमास कार्यक्रमको आयोजना गरिने छ।

प्रकाशित: २७ फाल्गुन २०८१ १२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App